आईक्यानद्वारा मधेशका लेखापरिक्षक फर्मको अनुगमन

जनकपुरधाम । नेपाल चार्टड एकाउनटेन्ट संस्था (आईक्यान)काठमाडांैले मधेश प्रदेशमा सञ्चालनमा रहेका अडिट फर्महरुको अनुगमन कार्य सुरु गरेको छ । संस्थाबाट लक्ष्मण ज्ञवालीको संयोजकत्वमा चार सदस्यीय अनुगमन टिमले संस्थासंग आवद्ध अडिट फर्महरुको कार्यालय अनुगमन सुरु गरेको हो ।

शनिबारदेखि सुरु गरिएकोे अनुगमन चार दिनसम्म चल्ने र अनुगमन कार्य पछि पनि नियमीत रहने जनाइएको छ । मधेश प्रदेशको धनुषा, महोत्तरी, सिरहा र सर्लाही जिल्लामा रहेका लेखापरिक्षकको फर्म अनुगमनको क्रममा अनुगमन टोलीले लेखापरिक्षकको कार्यालय निरिक्षण, अन्य विचौलीयाको फर्ममा गएर सर्वे गर्ने र लेखा परिक्षकसंग सोधपुछ गर्नुको साथै फारमहरु चेकजाच गर्ने कार्य भइरहेको नेपाल संस्थाका मधेश प्रदेश अध्यक्ष शोभाकान्त झाले जानकारी दिए ।

अध्यक्ष झाका अनुसार अब समय समयमा संस्था माफर्त अनुगमन भइरहने छ । यसभन्दा पहिले लेखापरिक्षकहरु अन्य फर्ममा गई फाईल सर्वे गर्दै आएकोले त्यसो गरेको पाइएमा कारवाही हुने भएकले त्यसो नगर्न अनुगमन टिमले सर्तक समेत गराएको उनले बताए ।
नेपाल चाटर्ड एकाउन्टेन्टस संस्थाले नेपालमा लेखासम्वन्धिी पेशा तथा शिक्षालाई नियमीत गर्न नियमनकारी निकायको रुपमा कार्य गर्ने गरेको छ ।

तथ्यांक अनुसार यस संस्थाको ६ सय ९५ चाटर्ड एकाउन्टेन्ट्स तथा ७ हजार २ सय ७७ पञ्जिकृत अडिटर गरी ७ हजार ९ सय ७२ सदस्य छन् । संस्थाको केन्द्रिय कार्यालय काठमाडौमा छ भने क्षेत्रिय कार्यालयहरु विराटनगर, बुटबल, विरगंज, नेपालगञ्ज, धनगढि र पोखरामा छ । चार वर्गमा विभाजीत गरिएको लेखा परिक्षकहरुको पहिलो वर्गमा चाटर्ड एकाउन्टेन्ट्स २ हजार १ सय ७५, ख वर्गका ३ हजार ४ सय ६२, ग बर्गका १ हजार ५ सय ५८ र घ वर्गका २ हजार २ सय ७२ पञ्जिकृत लेखापरिक्षक रहेको लेखापरिक्षक राजेन्द्र साहले जानकारी दिए ।

प्रतिक्रिया