काठमाडौं : पहिलो वाइल्ड वाटर स्लालम कायक च्याम्पियनसिपमा माधव कटुवाल आइतबार पहिलो भएका छन् । उनले निर्धारित २ सय मिटर दूरी २ मिनेट ०.५ सेकेन्डमा पूरा गरे । नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघद्वारा आयोजित प्रतियोगितामा राजीव त्रिपाठी दोस्रो तथा प्रकाश गुरुङ तेस्रो स्थानमा रहे । निर्धारित दूरी पूरा गर्न राजीवले २ मिनेट १४ सेकेन्ड तथा प्रकाशले २ मिनेट १५ सेकेन्ड समय खर्चे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष इन्द्रबहादुर थिङले पुरस्कृत गरे । त्रिशूली नदीको फिस्लिङ (चितवन) मा भएको एकदिने प्रतियोगितामा १५ प्रतिस्पर्धी सहभागी थिए । प्रतियोगिताको नारा ‘स्पोर्टस् फर टुरिज्म’ रहेको थियो । (सौस)
प्रतिक्रिया