रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–९ स्थित गौर चन्द्रनिगाहपुर सड़क खण्डबाट प्रहरीले काठसहित ट्रयाक्टर पक्राउ गरेको छ । जिल्लाको उत्तरी भगमा जंगलबाट काठ तस्करी हुने गरेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र डुमरियाबाट गएको प्रहरीको गस्ती टोलीले सन्तपुरबाट डुमरिया तर्फ जादै गरेको ना ५ त ९०६४ नम्बरको ट्रयाक्टरको इन्जिनमा जोडिएको ना ६ त ९३५ नम्बरको टेलरमा लोड गरेको ५० हजार मूल्य बरावरको मसला जातको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जंगलबाट चोरी गरी ल्याउदै गरेको काठसहित ट्रयाक्टर चालकले छाड़ी भागेकोले चालकलाइ खोज गर्ने कार्य जारी रहेको र पक्राउ परेको काठसहित ट्रयाक्टर कार्यवाहीको लागि डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएको छन् ।
प्रतिक्रिया