गौर । रौतहटमा पछिलो समय आत्महत्याको घटना बढेको छ । पारिवारिक तथा मानसिक तनावले गर्दा आत्महत्या गर्नेको संख्या बढेको हो ।
जिल्लामा गएको साउन महिनादेखि माघ मसान्त सम्ममा १ सय २१ जनाले आत्महत्या गरेको घटना जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जिल्लामा चालु आर्थिक वर्षको सात महिनामा आत्महत्या गर्नेको संख्या १ सय २१ जना रहेको जानकारी दिए ।
उनका अनुसार आत्महत्या गर्नेमा युवा युवतीको संख्या बढी रहेको छ ! प्रहरीको तथ्यांकअनुसार पुरुष ६० जना तथा महिला ६१ जनाले आत्महत्या गरेका छन् । दिनप्रतिदिन बढ्दै गइरहेको आत्महत्याको घटनाले सामाजिक रूपमा ठूलो चिन्ताको विषय बन्दै गएको छ । गरिबी आर्थिक समस्या र बेरोजगारीको कारण यस्तो अवस्थाको सिर्जना हँुदै गएको बुझिएको छ । आत्महत्या न्यूनीकरणको लागि गाउँगाउँमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
रौतहट
प्रतिक्रिया