रौतहट । जिल्लाको बालचनपुर धनगढी सडकमा निर्माण कम्पनीले गुणस्तरहिन सडक निर्माण गरेको छ । उक्त कम्पनीले गरेको कालोपत्रे सडक अहिले नै उक्लिन लागेको छ ।
मधेश प्रदेश सरकारको भौतिक पुर्बाधार मन्त्रालयको आर्थिक बर्ष २०७८/०७९ को कार्यक्रम अनुसार भौतिक पुर्बाधार विकास कार्यालय गौर रौतहटको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको सडकमा गुणस्तरहिन सामाग्री प्रयोग गरिएको हो ।
२०८०/९/३० मा कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनी दिबा आरपी जेभी गौरले छ करोड ५८ लाख ६ हजार ८५५ भ्याट बाहेकमा २०७९/९/३० मा ठेक्का साकार गरेको हो । सडक निर्माण गरेका निर्माण कम्पनीले गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेकोले गरिएको कालोपत्रे हातले नै उप्काउदै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो पोष्ट हुनु थालेका छन् ।
सडकको बेस नै नराम्रो गरिएकोले निर्माण गरिएको सडक लामो समयसम्म टिक्न नसक्ने स्थानी बताउछन् । गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरी बनाईको सडक तथा निर्माण गर्दै आएको नालाको बिषयमा छानबिन गरी कानुनी कार्यवाही गर्न सम्बन्धित निकायसंग स्थानीयले माग गरेका छन् ।
प्रतिक्रिया