बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित रहेको अधाभार जंगलमा बुधवार बिहान सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बाेलेरो र सिमरा बाट हेटौडा तर्फ जादै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
दुर्घटनामा परि ५ जना घाईते भएको र घाईते मध्य २ जनाको परवानीपुर स्थित एलएस न्युरो होस्पितलमा उपचारको क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ । दुर्घटनामा परि नुवाकोटको बिदुर नगरपालिका-९ बस्ने सुजन मकराती र भारतको बिहार राज्यको मितिहारी जिल्ला बस्ने चन्दन चौहानको एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइते ट्रक चालक सहित ४ जनाको उक्त अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बारा
प्रतिक्रिया