धनुुषा । धनुषामा १० जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । धनुषाको मिथिला नगरपालिका–२ स्थित रहेको सतलोक आश्रममा १० जोडीको रमैणी विधिबाट सामूहिक विवाह सम्पन्न भएको हो । सन्त रामपाल महाराजको ३७औँ बोध दिवस र सन्त कबीर दासको ५०६औँ निर्वाण दिवसको उपलक्ष्यमा ५ देखि ८ फागुन सम्मका लागि आयोजना गरिएको धार्मिक कार्यक्रममा उक्त विवाह भएको हो ।
सतलोक आश्रममा दाइजोमुक्त र बिनाखर्चको गरिने यस्तो विवाहलाई ‘रमैणी’ भनिन्छ । विवाहमा पण्डितको साटो रामपालबाट दीक्षित एकजना अनुयायीले दुलाहा–दुलहीका हातमा रामपालद्वारा लिखित ‘जिने कि राह’ नामको एक–एक वटा किताब दिन्छन् । लगत्तै माइकमा सन्त गरिबदासले रचना गरेको ‘असुर निकन्द रमैणी’ मन्त्र बजाएर विवाह सम्पन्न गराउने गरिन्छ । लगातार १७ मिनेट रमैणीमा बसेका जोडीले पनि मन्त्र उच्चारण गर्छन् र २० मिनेटको हाराहारीमा एकसाथ सामुहिक विवाह अर्थात रमैणी सम्पन्न भएको छ ।
प्रतिक्रिया