वीरगंज । नेपाल राष्ट्रबाद संघ केन्द्रीय कार्यलय वीरगन्ज पर्साले त्रिभुवन जयन्ती तथा पूर्व वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको ७४शुभ जन्मोत्सव एक कार्यक्रमका बीच वीरगंजमा मनाएको छ । वीरगन्जस्थित घण्टाघर चाेकमा भेला भई राजारानी जिन्दाबाद, राजसंस्था कायम गर, हिन्दू राष्ट्र कायम गर, धर्मनिरपेक्ष खारिज गर भन्दै नाराबाजी गरिएकाे थियाे । नाराबाजी पश्चात कोणसभालाइ सम्बोधन गर्दै नेपाल राष्ट्रबाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले देश राजाले बनाएको बताए । उनले भने, ‘लोकतन्त्रवादी, गणतन्त्रवादी सताधारीहरुले कुनै पनि उद्याेग संचालन गर्न सकेनन् । बरू भएका उद्याेग समाप्त पारे । यो देशमा राजसंस्थाको जरुरी छ, कि यो देशका जनताले सुख शान्तिको महसुस गरोस् ।’
त्यसतै कोणसभामा सम्बोधन कै क्रममा पृथ्वी झाले भने, ‘यो लोकतन्त्र होइन यो चाँहि लुटतन्त्र हो, जुन पार्टीको सता आओस त्यो लुटतन्त्र नै मचाउने हो । अरु देशको इसारामा चल्ने हो, त्यहीं भएर हाम्रो देशमा राजतन्त्रको आवश्यकता रहेको छ ।’
नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएकाे त्रिभुवन जयन्ती तथा जन्मोत्सव कार्यक्रममा नेपाल राष्ट्रबाद संघ पर्साका अध्यक्ष संगीता देवी शाह, नेपाल बिदत परिषदका रामनारायण साह, बिश्व हिन्दू परिषदका पृथ्वी झा, त्यसैगरि उमाशंकर साह, राजेन्द्रपाल साह, संतोष कुमार गुप्ता, विष्णु कुमार दास, बिरेन्द्र साह, बजरंगी साह, चुलाइ मिया, असर्फी साह, राधाकृष्ण चौहान, हरि यादव, इदा मियालगायतका व्यक्तिहरुले राजसंस्था प्रति आ-आफनो धारणा राखे ।
प्रतिक्रिया