बारा । प्रहरीले दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीचौकी अमलेखगञ्जको टोलीले शनिबार राती साढे ११ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज चोकबाट दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट जाँदै गरेको ना ७ ख १६५२ र ना ८ ख ४१६५ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको बारा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए । ट्रकमा बिल वीजकभन्दा बढी स्रोत खुलाउन नसकेको २ करोड ८३ लाख ८९ हजार ९ सय ८९ रुपैयाँ बराबरको खुद्रा सामान फेला परेको गुरुङले बताए । ट्रकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ ।
प्रतिक्रिया