एकत्रित नभएकै कारण सुडी समाज पछि परे

जनकपुरधाम । सुडी समाजको विकासका लागि हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्नेमा एक सरोकारवालहरूले जोड दिएका छन् । सुडी समाज महासंघको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा वक्ताहरूले सुडी समाज जागरुग हुँदै गइरहे पनि एकत्रित हुन नसकेका कारण सोचे अनुरुप विकास गर्न नसकेको बताए । सुडी समाजको विकासका लागि राजनीतिक, सामाजिक तथा शैक्षिक हरेक क्षेत्रमा प्रतिनिधित्व हुनु आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साहले समाजका व्यक्तिहरू राजनीतिमा स्थापित हुनुपर्नेमा जोड दिइन् । उनले राजनीतिमा स्थापित भए मात्रै प्रत्येक क्षेत्रमा स्थापित हुन सक्ने बताइन् । उनले जातीय उत्थान तथा पहिचानका लागि एक्लै आवाज उठाएर केही नहुने बताइन् । राज्य प्रणालीमा पहुँच नभएसम्म पहिचान स्थापित गर्न नसकिने मन्त्री साहले बताइन् । मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य परमेश्वर साहले सुडी समाज एकजुट हुनुपर्नेमा जोड दिए । उनले आफ्नो पहिचान र सम्मानका लागि पनि एकजुट हुनु आवश्यक रहेको बताए । यसका लागि सामाजिक संगठनलाई मजबुत पार्नतर्फ सबै केन्द्रित हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया