बारा । प्रहरीले बाराबाट झण्डै तीन लाख बराबरको सामानसहित दुईवटा मालवाह ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी चौकी अमलेखगञ्जको टोलीले शनिबार राति साढे ११ बजे जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज चोकबाट दुईवटा मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट जाँदै गरेको ना ७ ख १६५२ र ना ८ ख ४१६५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको बारा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए ।
ट्रकमा बिल बिजकभन्दा बढी स्रोत खुलाउन नसकेको २ करोड ८३ लाख ८९ हजार ९ सय ८९ रुपैयाँ बराबरको खुद्रा सामान फेला परेको गुरुङले बताए । उक्त ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया