सञ्चार माध्यम राष्ट्रको सम्पत्ति हो : काउन्सिल अध्यक्ष बस्नेत

बारा । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यम राष्ट्रको सम्पत्ति भएको बताएका छन् । शनिबार बाराको निजगढ उद्योग वाणिज्य महासंघको सभा हलमा आयोजित कृपा दैनिकको २१औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथिको आशनबाट बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले पत्रकारितामा आएको बेतिथी अन्त्य गर्न सम्पूर्ण पत्रकार जगत एक हुन आवश्यक रहेको बताए । उनले मेहनेत, लगन र व्यवसायीक पत्रकारिता गर्यो भने अहिले पनि पत्रकारिता क्षेत्रलाई माथि उठाउन समय नलाग्ने ठोकुवा गरे । प्रिन्ट मिडियाको स्वाद अहिले पनि स्वादिलो भएको र यसलाई अहिले पनि पाठकवर्ग खोजिरहेकोले यसमा ध्यान दिन सम्पुर्ण पत्रकार जगतलाई उनले आग्रह गरे ।

अरूलाई प्रश्न उठाउने खालको पत्रकारिता नगर्न उनले सबैलाई आग्रह समेत गरे । उनले १० वर्ष अगाडिको पत्रकारिता र आहिलेको पत्रकारितामा के कमी भएको हो त्यसको समिक्षा गर्ने बेला आएको विषय औँल्याए । राजनीतिज्ञले पत्रकारिताको मर्मलाई र यसले राज्यलाई गरेको बिगतको लगानी नबिर्सन आग्रह समेत उनले गरे ।

आफ्नो लागि गरेको पत्रकारिता छ भने ठिक हैन भने त्यो भन्दा खराव कोही नहुने बिचारको अन्तेय हुनु आजको आवश्यकता रहेको उनको भनाइ थियोे । उनले राज्यद्वारा पत्रकार र पत्रीकालाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय सदस्य अच्युत मैनाली, राष्ट्रिय पार्टी निजगढ नगर कमिटीका अध्यक्ष खडकप्रसाद उप्रेती, नेकपा मावोवादी केन्द्र निजगढ नगर कमिटीका अध्यक्ष सन्तोष दंगाल, नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाईं, निजगढ नगरपालिकाका नगरप्रमुख सूरथ पुरी, कृपा दैनिकका प्रधान सम्पादक गोकुल घोरासाइनेको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य कृपा दैनिकका संस्थापक कमलकुमार उपाध्याय तथा कार्यक्रम सञ्चालन सहसम्पादक कृष्ण उदास खनालले गरेका थिए ।

प्रतिक्रिया