सप्तरी । जिल्लाको बोदे बर्साईन नगरपालिकाको आर्थिक सहयोग र दक्ष सीप प्रशिक्षण तथा रोजगार केन्द्रद्वारा युवाहरूको क्षमता विकास तथा रोजगारी तर्फ उन्मुखको लागि तीनदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ।
बोदे बर्साईन नगरपालिकाअन्तर्गत सामाजिक बिकास शाखाको आयोजनामा लक्षित वर्गको लागि तीनदिने
दक्ष सीप प्रशिक्षण तथा रोजगार केन्द्रको सहकार्यमा शनिबार सो कार्यक्रमको बोदे बर्साईन नगरपालिकाको कार्यवाहक नगरप्रमुख रेणु कुमारी साह र नगरपालिकाको कर्मचारीहरुको संयुक्तरुपमा उक्त तालिमको तथा सचेतना कार्यक्रमको समापन गरेका हुन् ।
युवाहरुमा अभिवृद्धि गर्ने उद्देश्यसँगै रोजगारी सृजना गर्ने र नयाँ उद्यमीका लागि तीनदिने रोजगारी सृजना होस भने विश्वास राख्दै यो कार्यक्रमका प्रशिक्षक अनिल चौधरीले बताए ।
उक्त कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख साहले यसता कार्यक्रमले स्वरोजगारसँगै रोजगारी सृजनामा केन्द्रित हुने बताए । उनले भने, ‘तालिम अवधिभर सहभागीले आफ्नो जिम्मेवारी लिनु भनेको स्वरोजगार बन्नु हो ।’ उनले सामाजिकता विकास क्षेत्रमा बोदे बर्साईन नगरपालिका निरन्तर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।
तालिममा बोदे बर्साईन नगरपालिकाका भित्रका प्रतेक वडा का ३–३ जना गरी ४० जना सहभागी रहेको बोदे बर्साईन नगरपालिकाका सूचना अधिकारी मोहम्मद ईमामुल हकले बताए । व्यवसाय अवसरको पहिचान गर्ने, युवाहरु सफल उद्यमी कसरी बन्ने, व्यवसायको छ्नोट गर्ने व्यवसायिक खेल खेलाउने, व्यवसाय योजना बनाउने भन्ने बारेमा सहभागिहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।
यस तालिममा युवाहरूको क्षमता बिकास तथा रोजगारी तर्फ उन्मुखको लागि सचेतना कार्यक्रम, उक्त कार्यक्रममा बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ का मोहम्मद मोजिबुर रहमान, वडा नम्बर २ का रामप्रसाद राम, वडा नम्बर ६ का अध्यक्ष राजकुमार यादव लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो । दक्ष सीप प्रशिक्षण तथा रोजगार केन्द्रका संयोजक सुमन साहको आयोजनामा सो कार्यक्रमको सम्मान भएको थियो ।
सप्तरी
प्रतिक्रिया