नगर र वडाको संयुक्त पहिलो फुटबल प्रतियोगिताको उद्घाटन

बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिका– ८ काचनमा आयोजित नगर र वडाको संयुक्त पहिलो फुटबल प्रतियोगिताको उद्घाटन गरिएको छ । एक कार्यक्रमबीच उद्घाटन खेलमा बोदे बर्साईन नगरपालिका वडा नम्बर २ र वडा नम्बर ३ को बीचमा प्रतिस्पर्धा भएको छ ।

उक्त खेलमा बोदे बर्साईन नगरपालिका– २ ले विजयी सुरुवात गरेको छ । शुक्रबार सम्पन्न उद्घाटन खेलमा वडा नम्बर २ ले वडा नम्बर ३ लाई पराजित गरेको हो । खेलमा ० का विरुद्ध १ गोल गरी वडा नम्बर २ विजयी भएको थियो ।

खेलकुद समितिका अध्यक्ष डिगेश्वर साहको अध्यक्षतामा भएको कार्यक्रम काचनकको खेल मैदानमा प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका कार्यवाहक नगरप्रमुख रेनु कुमारी साहले उद्घाटन गरेकी हुन् ।

खेलकुद समिति काचनका अध्यक्ष डिकेश्वर साहको अध्यक्षतामा भएको उद्घाटनमा वडाध्यक्ष शिव नारायण यादव, रामप्रसाद राम, बैजनाथ चौधरी, पूर्वअध्यक्ष लक्ष्मि साह, वडा सदस्य शिवनारायण ठाकुर, रामसेवक यादव, मो हाफिज, स्थानीय नेता शिवजी दासलगायत खेलप्रेमी उपस्थिति रहेको थियो ।

प्रतिक्रिया