सिरहा । सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर एक किशोरले बालिका बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
लहान नगरपालिका– २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् । बलात्कृत बालिकाको अवस्था गम्भीर छ । बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधबार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका थिए । पीडित परिवारले राति १२ बजेमा घटनाबारे जानकारी गरायो । लगत्तै प्रहरीले आरोपी अरुणलाई नियन्त्रणमा लिएको छ ।
बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर बेहोस् भएकी थिइन् । उनलाई आफन्तले बुधबार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।
बलात्कृत बालिका पनि सुखिपुरकै छन् । लहानमै अध्ययनरत बालिका पनि कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । अरुणले ‘भ्यालेन्टाइन डे’ मनाउन आफ्नो कोठामा बोलाएर बलात्कार गरेको बुझिएको छ ।
प्रहरी प्रवक्ता पाण्डेले बलात्कृत बालिकाको अवस्था अहिले सामान्य रहेको कुरा उनकै आफन्तले बताएको जानकारी दिए । उनले भने, ‘अरुणले बालिकालाई ललाइफकाई कोठामा लगेको थाहा पाएको छु, थप अनुसन्धान भइरहेको छ ।’
प्रतिक्रिया