धोबिनी गाउँपालिकामा माछा मरेर लाखौँको क्षति

पर्सा । पर्साको धोबिनी गाउँपालिका– ५ जगरनाथपुरमा रहेको मन्दिर अगाडि पनघटवा करिब तीन बिघा जग्गाको पोखरीमा रहेको माछा मरेर लाखौँ मूल्य बराबरको क्षति भएको छ । माछा पोखरीमा रहेको माछा आज दिउँसो एक्कासी मरेर लाखौँको क्षति भएको हो ।

पोखरीमा एक्सिजनको कमी भएर माछा मरेको हुन सक्ने अनुमान गरिएको छ । पोखरीमा एक्सिजनको कमी भएकाले माछाहरु मरेको सानसारीमाई एकीकृत कृषि फर्मका सञ्चालक असोक यादवले बताए । दिउँसोको समयमा एक्कासी माछा मरेको खबर सुनेर पोखरी डिलमा जाँदा साना–ठूला गरी लाखौँ मूल्य बराबरको माछा मरेर पानीमा तैरिएको अवस्थामा फेला परेको सनसारीमाई एकीकृत कृषि फर्मका सञ्चालक यादवले बताए ।

सो पोखरीमा एउटा पनि माछाहरु जिउँदो नरहेको ठेकेदार यादवले बताए । पोखरीमा माछा मरेको खबर सुनेर ठेकदारले इलाका प्रहरी कार्यालय लंगडी र गाउँपालिकाको भेटेरिनरी प्राविधिकलाई जानकारी दिएपछि सो ठाउँमा प्रहरी, भेटेरिनरी प्राविधिक, स्थानीय जनप्रतिनिधिहरु जाँदा ठूलो–सानो माछा गरी लाखौँ मूल्य बरारको माछा मरेको अवस्थामा पोखरीमा तैरिएको प्रहरीले जनाएको छ ।

ठेकदार असोक यादवले तीन बिघा जग्गामा रहेको पनघटवा माछा पोखरी ३४ लाख १० हजारमा पाँच वर्षको लागि ठेक्का लिएको बताए । २०७८ सालमा ठेक्का लिएको र २०८३ मा समाप्त हुने ठेकेदार यादवले बताए ।

प्रतिक्रिया