वीरगञ्ज । प्रहरीले नेपाल–भारत सीमामा हुने अपराध रोक्न कडा अभियान चलिरहेको छ । यसै क्रममा सशस्त्र सीमा बल रक्सौलका ४७ औँ कोरका सहायक कमाण्डेन्ट श्री मदनमोहन भट्टको टोलीले करिब दुई सय किलो गाँजा बरामद गरेको छ ।
महिन्द्रा बोलेरो गाडीमा रक्सौलहुँदै भारत ल्याइँदै गरेको अवस्थामा एकीकृत जाँच चौकी (आईसीपी) ४७ औं कोर सशस्त्र सीमा बल कर्मी एकीकृत चेक पोस्ट(क्ष्ऋएनेपाल गेट नम्बर ०४, रक्सौलमा पक्रउ गरेको हो ।
पक्राउ पछि अनुसन्धानको क्रममा नं–०४–च–८०७२ को महिन्द्रा बोलेरो पिकअप गाडि परिमार्जन गरिएको फेला परेकोले उक्त गाडीमा अवैध सामान रहेको आशंका खोजतालास गरिएको थियो ।
खोजी टोलीले गाडीको फ्लोर बडी दुई भागमा बाँडिएको भेटिएको जनाएको छ । जसमा करिब ०६–०७ इन्चको ग्याप थियो । त्यसमा खैरो रंगको टेपमा बेरेर केही आयताकार प्याकेटहरू राखिएका थिए । २० नम्बरको प्याकेट गाडीका चालकले निकालेका थिए । ती सबै प्याकेटहरूमा गाँजा जस्तो देखिएको प्रहरीले जनाएको छ ।
डिप्टी कमाण्डेन्ट दीपक कृष्णले घटनास्थलमा नै परीक्षण र तौलका लागि कोर्प्स हेडक्वार्टरबाट लागुऔषध पत्ता लगाउने किट र विद्युतीय तौल मेसिन माग गरेका थिए र लागुऔषध पत्ता लगाउने किटसहित शंकास्पद पदार्थको निरीक्षण गरिएको थियो । निरीक्षणपछि प्रत्येक प्याकेटमा गाँजा रहेको पुष्टि भएको थियो ।
पक्राउ परेका पिकअप चालक नेपाल निवासी मोहम्मद जहगीर देवानलाई लागुऔषध नियन्त्रण ब्यूरो, पटना (बिहार) को टोलीलाइ बुझाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया