रौतहट । नेकपा (एमाले) रौतहटको १०औँ जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा उम्मेदवारी दिनेको लर्को लागेको छ । जिल्ला अधिवेशन नजिकिँदै गर्दा मतदातामा पनि चहलपहल बढ्दै गएको छ । रौतहटमा एमाले अध्यक्षका लागि आकाक्षी उम्मेद्वारको चर्चा निकै बढेको छ । अध्यक्षमा अखिलेश्वर चौधरी, रुपेश पटेल, सचिदानन्द साह र बवन सिंहले घोषणा गरेका छन् ।
जिल्लाका केन्द्रीय नेताहरूले एक–एकलाई बोकेका छन् । आकांक्षी सबैले आफू जित्ने दाबी गर्दे आएका छन् । करिब चार सय मतदाता रहेने अधिवेशनको निर्णायक मत चन्द्रपुर नगरपालिकामा रहेको छ । चार सय मत मध्ये करिब दुई सय मतदाता चन्द्रपुर नगरपालिकामै रहेका कारण चन्द्रपुर नगरपालिकाको मतले अध्यक्षको हुने भन्ने निर्णय हुने एक नेताले बताए ।
सर्वसम्मत नहुने अनुमान गरेका उम्मेद्वारले प्रतिनिधिहरूसँग मत माग्न थालेका छन् । अध्यक्षका दावेदारहरू प्रतिनिधिको घरघरमा गएर भोट माग्न व्यस्त रहेका छन् ।
माघ २५ गते गरुडामा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्व–प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको उपसचिव रूपेशकुमार पटेलले जानकारी दिए ।
प्रतिक्रिया