हाईड्राेपावरमा काम गर्ने कामदारको मृत्यु

काभ्रे । काभ्रे जिल्लाको चौरिदेउराली गाउँपालिका वडा न ३ माथिल्लो चौर खोलामा रहेको हिमालयन रिसर्च हाईडाेपावरमा काम गर्ने ब्यक्तिको उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु छ । उक्त हाइड्रोपावरमा काम गर्ने सर्लाहि घर भएका वर्ष १९ को शंकर सदा काम गर्ने क्रममा बेहोस भई उपचारको लागि वडा २ मा रहेको अस्पतालमा लाने क्रम्मा बाटोमै मृत्यु भएको चौरिदेउराली गाउँपालिका वडा ३ को वडा अध्यक्ष चित्रप्रसाद चौलागाईंले जानकारी दिए ।

मृतकको शव प्रहरी बोलाएर मुचुल्का उठाएर राखिएको जनाइएको छ । घटना स्थलमा प्रहरीको टोली पठाएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया