नेपाल कलवार कल्याण महासंघको साधारण सभा सम्पन्न

रौतहट । नेपाल कलवार कल्याण महासंघको केन्द्रीय कार्यालय काठमाडौंको नबौँ बार्षिक साधारण गरुडामा सम्पन भएको छ । रौतहटको गरुडा नगरपालिकाको ४ गरुडास्थित कलवार धर्मशालामा आईतबार कलवार कल्याण समिति गरुडाले आयोजना गरेको कार्यक्रमममा विभिन्न जिल्लाबाट कलवार जातीका प्रतिष्ठित ब्यक्तिहरुको सहभागिता रहेको थियो।

ईन्जिनियर रामचन्द्र प्रसाद साहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि क्षेत्र नं १ क सांसद नागेन्द्रप्रसाद साह रहेका थिए । कार्यक्रमको बिशिष्ट अतिथि गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नागेन्द्र प्रसाद साहले कलवार समाजको एकतालाई साधारणसभाले अझ बलियो बनाएको बताए । कलवार समाज अरु समाज भन्दा कमजोर नरहेको बताउदै साहले केही व्यक्ति अरुको पछाडी र अरुको चापलुसि गरिरहेको बाताए ।

सबै थोक आफूहरुसँग हुँदाहुँदै अरुको कुरा मान्नेकार्य दुःखद रहेको बताउँछदै उनले कलवार समाज एक हुनु अति आवश्यक रहेको बताए । कार्यक्रममा गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले कलवार जाति अति ठुलो भए पनि हामिमा एकता नहुनुको कारण हामि पछाडी परेको बताए । उनले भने, ‘हाम्रो जातिका मानिसहरुले नै आफ्नै जातिको मानिसहरुको खुटा तान्ने काम गर्ने गरेका देखिन्छ ।’

कार्यक्रममा प्रमुख अतिथि साह, संस्थापक तथा उपस्थित भएका बिशिष्ट लगायत सम्पूर्ण मानिसहरुलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो । नेपाल कलवार कल्याण महासंघका केन्द्रीय सचिव एपोलो कुमार गुप्ताले कार्यक्रमलाई संन्चालन गरेका थिए, भने साधारण सभामा ४१ भन्दा बढि समितिका अध्यक्ष लगायत ३०० प्रतिनिधि र प्रवेक्षक गरि ५०० जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा रौतहट जिल्लाको गरुडा नगरपालिकाको पूर्व नगर उपप्रमुख रंगिला देवी जैसवाल, गरुडा नगरपालिका ५ महम्मदपुरको वडाअध्यक्ष रामबिनोद जैसवालले कार्यक्रमको सफलताको शुभकामना दिए ।

नेपाल कलवार कल्याण महासंघका रौतहट जिल्ला सचिव रामबाबु साह कलवार, पूर्व सांसद अशोक जैसवाल, बरहथवा नगरपालिकाको नगर उप प्रमुख रामबाबु प्रसाद साह, बारागढी गाउँपालिकाको अध्यक्ष अशोक कुमार जैसवाललगायत दर्जनौं वक्ताहरुले आफ्नो मन्तब्य राखेका थिए ।

प्रतिक्रिया