सिरहा । सिरहामा अबैध रुपमा खयरको रुख कटान गरेको आरोपमा वन कार्यालयले एक जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय, लहान सिराहाले अबैध रुपमा एक सय ४२.५९ क्यूविक फिट खयरको काठ कटानगरी हानीनोक्सानी गरेको आरोपमा लहान नगरपालिका १४ का विशेश्वर यादब लाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई डिभिजन वन कार्यालय, लहानको हिरासतमा राखि थप अनुसन्धान भइ रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले बताए ।
प्रतिक्रिया