नेपाल पत्रकार महासंघ पर्साको स्तरवृद्धि कार्यक्रम

पर्सा । नेपाल पत्रकार महासंघ पर्साको पत्रकार स्तरवृद्धि कार्यक्रम सुरु भएको छ । पोखरीया नगरपालिकाको सहयोगमा पत्रकार महासंघ पर्साको आयोजनामा पत्रकार स्तरवृद्धि कार्यक्रम (शुक्रबार) आजबाट सौराहामा सुरु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले वीरगञ्जको पत्रकारितामा सुधार ल्याउन र पत्रकारितामा भएको विकृति विसंगति हटाउन र पत्रकारहरुको स्तरवृद्धि गर्न सहयोग पुग्ने बताए ।
३–४ वर्ष देखि पत्रकारितामा लागेका पत्रकारहरुको लेखन शैलीलगायतको विषयमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

कोषाध्यक्ष सञ्जिव मिश्राको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राजेन्द्र सिंह नेपाली, श्याम कुशवाहा, ग्रामिण पत्रकार समाज पर्साका अध्यक्ष धर्मेन्द्र चौरसिया, प्रेस सेन्टरका उपाध्यक्ष कृष्ण मोहन साह लगायतको उपस्थिति रहेको थियो ।

तालिममा पर्साका ३० जना पत्रकारहरुको सहभागिता रहेको छ । उक्त तालिममा अनुप तिवारी, रितेश त्रिपाठी, क्षत्र बहादुर कार्कीले प्रशिक्षण दिइरहेका छन् । कार्यक्रम सञ्चालन तिवारी यादवले गरेका थिए ।

प्रतिक्रिया