धनुषा । जनकपुरधामबाट पक्राउ परेका सुनचाँदी व्यवसायी धरौटीमा रिहा भएका छन् । राजस्व अनुसन्धान विभाग पथलैयाले बलराम ज्वेलर्सका सञ्चालक बलराम साहलाई ७ लाख ८० हजार ९ सय ७० र अरुण ज्वेलर्सका सञ्चालक अरुणकुमार ठाकुर ४ लाख २७ हजार ३ सय २५ रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
त्यस्तै सिरहा मिर्चैयाका कालिगढ सञ्जय साह सोनार ७ लाख ८० हजार ७ सय ८ र अजय साह सोनार ४ लाख २७ हजार ३ सय २५ हजार धरौटी राखेर रिहा भएका छन् ।
मंगलबार साँझ र बुधबार दिउँसो गरी चार जना सुनचाँदी व्यवसायी र कालिगढलाई धनुषा प्रहरीले पक्राउ गरेर विभाग पथलैयालाई बुझाएको थियो । बदनाम गर्ने नियतले धनुषा प्रहरीले पक्राउ गरेको भन्दै व्यवसायीहरू आन्दोलित भएका छन् । जनकपुरधामका सुनचाँदी व्यवसायी बुधबार र बिहीबार प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया