रौतहट । रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध काठ बरामद गरेको छ । अस्थाई प्रहरी चौकी छेदी चौकबाट प्रहरी सहाय निरिक्षक विनय कुमार झाकाे नेतृत्वमा खटिएका टाेलीले जिल्लाकाे कटहरीया नगरपालिका -१ भसेड्वा स्थित लाल बकैया खोलाको नजिकै रहेको स्थानीय सोनेलाल यादवको गाई गोठ नजिकै लुकाई छिपाई राखिएको अबैध सालकाे काठ बरामद गरिएको हाे ।
प्रहरीका अनुसार यादवको गाई गाेठ नजिकै रहेको परालको टालमा लुकाई छिपाइ राखिएको लम्बाई ६ फिट , गोलाई ५२ इन्च भएको सालको काठ १ थान, लम्बाई ६ फिट , गोलाई ५० इन्च भएको सालको काठ १ थान , लम्बाई ५ फिट , गोलाई ५५ इन्च भएको सालको काठ १ थान गरि २७.२ क्यु फिट भएको अन्दाजी मूल्य एक लाख आठ हजार मुल्य बराबरको काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव निरिक्षक डिएसपी एवं प्रवक्ता एलिजा गौतमले जानकारी दिइन् । बरामद गरिएको काठ आवश्यक कारवाहीको लागी सव डिविजन वन कार्यालय जंगलसहियामा पठाईएको गिरीले बताइन् ।
प्रतिक्रिया