लालबन्दी । सर्लाहीको हरिवन बजारमा ‘हरिवन फुड फेस्टिवल २०८०’ हुने भएको छ । उद्योग वाणिज्य संघ हरिवनको आयोजनामा ‘स्वदेशि उत्पादन आफ्नै परिकार, हरिवन महोत्सव राष्ट्रिय कलाकार’ भन्ने मुल नारासहित फेस्टिवलको आयोजना गर्न लागीएको हो ।
कोरोना कहरपछि सुस्ताएको बजार चहलपहल र व्यापारिहरुमा देखिएको नैरास्यता अन्त्य गर्ने प्रयास स्वरुप उद्योग वाणिज्य संघ हरिवनले फेस्टिवलको आयोजना गर्न लागेको संघका अध्यक्ष प्रयागराज पोतेले बताए ।
गायिका समिक्षा अधिकारीसहित अन्य राष्ट्रियस्तरका कलाकारहरुको उपस्थितिमा हरिवन बजारमा बृहत फुड फेस्टिवल गर्न लागिएको र त्यसको तयारी अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघका सदस्य युवराज भण्डारीले जानकारी दिए । फेस्टिवल यही माघ १८, १९ र २० गते हरिवन– ११ पूर्वपश्चिम राजमार्गस्थित कृष्ण मन्दिर चोकमा हुँदैछ ।
सर्लाही
प्रतिक्रिया