लालबन्दी जेसिजको पाँचौं पदस्थापन कार्यक्रम सम्पन्न

लालबन्दी । सर्लाहीको लालबन्दीस्थित लालबन्दी सिटि जेसिजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार साँझ लालबन्दी– ९ मा रहेको होटल आर्या ईनमा जेसिजको ५औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सन २०२४ का लागि लालबन्दीका व्यवसायी उपेन्द्र महतोको संयोजकत्वमा कमिटी तयार गरिएको छ ।

समितिको कार्यकारी उपाध्यक्षद्वयमा उत्सव वन र कुमार घिमिरे, उपाध्यक्षहरुमा प्रतिमा पौडेल, सरिता केसी, रविन बोहोरा र रामेश्वर महतो रहेका छन् । लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख कल्पना माया पाख्रिन, विभिन्न वडाका वडाध्यक्षहरु, पालिकाअन्तर्गत रहेका विभिन्न सरकारी, गैरसरकारी संघसंस्थाका प्रमुख, प्रतिनिधि, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरिक्षक हरिबोल केसी, अन्य विभिन्न पालिकाका जेसिज प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

लालबन्दी जेसिजका संस्थापक अध्यक्ष किरण घिमिरेसहित अन्य अध्यक्षहरु समेतको सहभागितामा वर्ष २०२३ का अध्यक्ष ठाकुर प्रसाद बख्रेल (मनोज) ले वर्ष २०२४ का अध्यक्ष महतोलाई पदभार सुम्पिएका थिए ।

प्रसन्न मुद्रामा देखिएका कार्यक्रमका सहभागिहरुबीच नगरप्रमुख अधिकारीले जेसिजको नीति–नियम आफूलाई साह्रै मन परेको बताएका थिए । एक व्यक्ति, एक पद र एक कार्यकालको सिद्धान्त अन्य क्षेत्रमा पनि लागु गर्न सके अति उत्तम हुने धारण राखेका नगरप्रमुख अधिकारीले नव गठित कमिटीलाई बधाई तथा शुभकामना पनि व्यक्त गरे ।

प्रतिक्रिया