सर्लाहीका २००० विपन्नलाई सिडियोद्वारा कम्बल वितरण

लालबन्दी । सर्लाहीका विपन्न एवं दलित समुदायका विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मधेश प्रदेश सरकारबाट प्राप्त दुई हजार थान कम्बल बिपन्नलाई वितरण गरेको हो ।

शुक्रबार जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले मलंगवा, बलरा, गोडैता नगरपालिका, कौडेना, चक्रघट्टा, विष्णु, रामनगर, धनकौल गाउँपालिकामा १,२८० थानकम्बल वितरण गरेको थियो । शनिबार कविलासी, बागमती, हरिवन, इश्वरपुर, चन्द्रनगर, हरिपूर्वा, पर्सा, ब्रह्मपुरीमा वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।

सिडियो कोमल प्रसाद धमला तथा सुरक्षा निकायका उच्च पदस्थ ब्यक्तित्वहरुको उपस्थितीमा बिपन्नलाई कम्बल वितरण गरिएको कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।

प्रतिक्रिया