सप्तरीबाट ८ किलो गाँजासहित दुई जना पक्राउ

सिराहा । सप्तरीमा प्रहरीले ८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका– ६ बस्ने बर्ष ३१ का सचिन यादव र सोही ठाउँ बस्ने वर्ष २६ का अजय प्रसाद यादव रहेका छन् ।

सप्तरीको कंचनरुप नपालिका– ७ आदर्श टोलमा प्रहरी चौकी धरमपुर र ट्राफिक पोष्ट कंचनपुरको टोलीले फत्तेपुरबाट कंचनपुरतर्फ आउदै गरेको को २५ प ७०२४ नम्बरको मोटसाइकल चेकजाँच गर्ने क्रममा मोटसाइकल चालक सप्तरी तिलाठी कोइलाडी सचिन यादव र जय प्रसाद यादवले लुकाइछिपाई ल्याउँदै गरेको ८ किलो तयारी गाँजा (४ पोका) बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला अदालत सप्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया