मेयर यादवले उद्घाटन गरे नेपाल रेडक्रस सोसाइटी उप–शाखा मिर्चैयाको भवन

सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले नेपाल रेडक्रस सोसाइटी उप–शाखा मिर्चैयाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
सिरहाको मिर्चैया नगरपालिका–६ स्थित नेपाल रेडक्रस सोसाइटी उप–शाखा मिर्चैयाको नवनिर्मित भवनको मेयर यादवले रिवन काटेर उद्घाटन तथा शिला अनावरण गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी उप–शाखा मिर्चैयाकोे ३१औँ अधिवेशनलाई सम्बोधन गर्दै मिर्चैया मेयर यादवले रेडक्रस मिर्चैयामा ब्लड बैंक स्थापनाको लागि प्रतिवद्धता जनाएका थिए । मेयर यादवले भने, ‘नगरपालिका भित्र रहेको नेपाल रेडक्रस सोसाइटी उप–शाखा मिर्चैयासँग हातमा हात मिलाएर अगाडि बढाउने र आगामी दिनमा नेपाल रेडक्रस सोसाइटी उप–शाखा मिर्चैयामा नगर बासिन्दाको लागि ब्लड बैंक पनि स्थापना गर्न सहयोग गर्नेछ ।’

२०४९ सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी उप–शाखा मिर्चैया ३१औँ अधिवेशनबाट कार्यसमितिको लागि सर्वसम्मतिले सभापतिमा राजदेव कापैर सहित ११ जनाको समिति निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकारीले जनाएका छन् । त्यसै गरी उप–सभापति फुलकुमारी साह, सचिव धुर्व श्रेष्ठ, कोषाध्यक्षमा रिपेन्द्र कुमार ढुंगेल, सह–सचिवमा जय प्रकाश साह, उप–कोषाध्यक्षमा भरत नायक, सदस्यमा गणेश कुमार ठाकुर, प्रकाश बुढाथोकी, गणेशी महरा, मन्जुदेवी ठाकुर, सल्लाहकारमा अजय कुमार यादव (सानु), हरिहर यादव सर्वसम्मतिले निर्विरोध निर्वाचित भएका छन् । नेपाल रेडक्रस सोसाइटीका आधारभूत सात वटा सिद्धान्तमा रही काम गर्ने प्रतिबद्धता समेत नयाँ कार्यसमितिका सदस्या गणेश कुमार ठाकुरले जानकारी दिएका छन् ।

उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उप–शाखा मिर्चैयाका सभापति जीवन श्रेष्ठको अध्यक्षतमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादव, विशिष्ट अतिथिमा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति राजदेव यादवलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, नगरवासी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया