काठमाडौं : कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गरेको क्यान इन्फोटेक मेलाको १९ औँ संस्करण सोमबार सकिएको छ । मिदास क्यान इन्फोटेक ०१३ को यो संस्करणको चार लाख ३१ हजार तीन सय ५० जनाले अवलोकन गरेका छन् ।
यसपटकको इन्फोटेकमा काठमाडांै महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारी, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल, मुख्यसचिव लीलामणी पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, रघुजी पन्त, राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता गगन थापा, नवीन्द्रराज जोशी, पूर्वसूचना तथा सञ्चार मन्त्री शंकर पोखरेल, एमाले नेता कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटालगायत अन्य विशिष्ट व्यक्तिले समेत अवलोकन गरेको आयोजकले जनाएको छ । यसपटकको इन्फोटेकलाई मिदास टेक्नोलोजिज प्रालिले टाइटल स्पोन्सर गरेको थियो । (सौस)
प्रतिक्रिया