आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम सुरु गरिएको छ। भूमि प्राप्तिका लागि परेका निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिए लगत्तै आठबिसकोटमा निस्सा वितरणको काम थालिएको हो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति रुकुम पश्चिमले आठबिसकोट नगरपालिकाको १३ नम्वरकि पवि नेपालीलाई आज निस्सा वितरण गरेर सुरु गरेको हो । हाल सम्म प्राप्त निवेदनका आधारमा आठबिसकोटमा २६ परिवार भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासी रहेको नगरपालिकाले जनाएको छ ।
निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर भूमि आयोगलाई जानकारी दिएपछि नापजाँच गरेर पुर्जा वितरण गरिने भुमि आयोगले जनाएको छ ।
भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिबापत राजस्व नलाग्ने तर अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्यांकन लगायत सम्पूर्ण सुविधालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गरिएको आयोगले जनाएको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया