लालबन्दी । सर्लाहीको लालबन्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आमसभा सम्पन्न भएको छ । लालबन्दी– ७ स्थित पूर्व–पश्चिम राजमार्ग, डुमडुमे मन्दिर अगाडि पार्टीका उपसभापति स्वर्णिम वाग्लेसहितका नेताहरुको उपस्थितीमा आमसभा सम्पन्न भएको हो ।
पार्टीको लालबन्दी नगर कमिटी अध्यक्ष बालकृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाभरीबाट उपस्थित नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । पार्टी सभापति रवि लामिछानेको उपस्थिती हुने आशमा लालबन्दी पुगेका धेरै जना कार्यक्रममा आफू अस्वस्थ भएर उपस्थित हुन नसकेको र छिटै नै आफू लालबन्दी आउने शन्देससहितको भिडियो बजेपछि फर्किएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य तथा पार्टी उपसभापति स्वर्णिम वाग्लेले आफू जन्मिनुभन्दा अगाडीदेखि अहिलेका विभिन्न पार्टीका यिनै नेताहरुले देशको नेतृत्व गरिरहेको र हालसम्म पनि त्यही अनुहारले मात्रै नेतृत्व गरिरहनु कतिसम्म जायज हो भन्दै प्रश्न गरे । उनले युवालाई सबै क्षेत्रमा अवसरको खाँचो रहेको र त्यो अवसर आफ्नो पार्टीले मात्रै प्रदान गर्न सक्ने बताए ।
देशमा विद्यमान समस्यमाको अन्त्य गर्नका लागि अबको चुनावमा रास्वपालाई भोट हालेर जिताउनुको विकल्प नभएको भन्दै वाग्लेले मिसन ८४ लाई घण्टीमय बनाउन भूमिका खेल्न उपस्थित सबैसँग आग्रह गरे ।
उनले लालबन्दीको टमाटरलाई काकरभीट्टाको सस फ्याक्ट्रिसम्म पुर्याएर यहाँका किसानलाई राहत दिन नसक्ने कस्तो नेतृत्वलाई हामिले झेलिरहेका छौँ त भन्दै अबको आफ्नो एक मात्र विकल्प भनेको रास्वपालाई जिताउनु मात्रै भएको बताए ।
त्यसैगरी प्रतिनिधिसभा सदस्य डा तोसीमा कार्कीले देशलाई आफूजस्तो युवा नेताको खाँचो भएको बताइन् । देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको ज्ञारेन्टी नभएको, अहिले आफू जस्ता धेरै युवा विदेश पलाएन भइरहेको सन्दर्भमा आफ्नो पार्टीले मात्रै ती समस्याको सम्बोधन गर्न सक्ने र आफ्नो पार्टीको भिजनले मात्रै त्यस्ता समस्याको हल गर्ने बताइन् । कार्यक्रममा सहभागी धेरैले सभापत रवि लामिछाने आउने भनेर आफूहरुलाई झुक्याएको प्रतिकृया दिएका थिए ।
सर्लाही
प्रतिक्रिया