पर्सा । प्रेस चौतारी नेपाल पर्साको विशेष जिल्ला अधिवशेन सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल पर्सा जिल्ला अध्यक्षमा तुल्सी भण्डारी चयन भएका छन् । शुक्रबार सम्पन्न विशेष जिल्ला अधिवशेनले भण्डारीलाई अध्यक्षमा चयन गरेको हो ।
भण्डारीको अध्यक्षतामा विशेष अधिवेशन २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली, उपाध्यक्ष (महिला) निलम पन्त, सचिवमा राकेशकुमार साह, कोषाध्यक्षमा सन्तोष पटेल चयन भएका छन् । यस्तै, समितिको सहसचिव धनन्जय मिश्र र सहसचिव (समावेसी) मा भने कृष्ण कुशवाहा चयन भएका हुन् ।
साथै सदस्यमा राजन रौनियार, एस के चौरसिया, राजन बानिया, आरोहन साह, रसमिराज भण्डारी, पन्नालाल साह, राजनकुमार सिंह, आनन्द पटेल, मुस्तुफा आलम, दिपेन्द्रकुमार साह, सोभा धमला, एन्जल चौधरी, कमला भण्डारी, नितेश कर्ण, कृष्णकुमार श्रीवास्तव, अखिलेश साह, सेख सजाद हुसेन, राजु साह, नविन ककार्की, राम कुशवाहा, बलिराम यादव र उर्मिला सापकोटा चयन भएका हुन् ।
पर्सा
प्रतिक्रिया