सुगम पोखरेल पक्राउ

sugam-pokhrelकाठमाडौं, २७ माघ । चर्चित पपगायक सुगम पोखरेल लागुऔषध सेवन गर्ने क्रममा पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनीसहित ६ जनाको समूहलाई लागुऔषध सेवन गर्दागर्दै मैतीदेवीस्थित सेतोपुलबाट पक्राउ गरेको हो ।

ब्युरोका डिएसपी रवीन्द्र रेग्मीका अनुसार उनीहरूको समूहबाट पाँच पोका खैरो हेरोइन बरामद भएको छ । पोखरेलसँग पक्राउ परेका अन्य व्यक्तिसँग लागुऔषध भेटिए पनि पोखरेलसँग भने नभेटिएको उनले बताए । यद्यपि, पोखरेल लागुऔषध सेवनकै लागि उक्त समूहको सम्पर्कमा पुगेको उनको भनाइ छ ।
रेग्मीले भने, ‘पोखरेलको साथमा लागुऔषध भेटिएको छैन तर उनी सेवन गर्छन् भन्ने पत्ता लाग्यो । तैपनि, हामी अनुसन्धानकै चरणमा छौँ । उनीहरू लागुऔषधका कारोवारी होइनन्, प्रयोगकर्ता भने पक्का हुन् ।’
डिआइजी रेग्मीका अनुसार उनीहरूबाट बरामद हेरोइन पाँच डोजको मात्रै हो । बरामद हेरोइनको तौल साढे एकदेखि दुई ग्राम रहेको उनले बताए । ब्युरो स्रोतका अनुसार पोखरेल लागुऔषध खैरो हेरोइनका नियमित दुव्र्यसनी हुन् । उनलाई यसअघि पनि ब्युरोले खैरो हेरोइन दुव्र्यसनकै अभियोगमा पक्राउ गरेको थियो । उनीसँग सानो परिणामा खैरो हेरोइन बरामद भएपछि प्रहरीले आइन्दा दुव्र्यसन नगर्ने सर्तमा परिवारका सदस्यलाई जिम्मा लगाई छाडेको थियो । ब्युरो स्रोतले भन्यो, ‘त्यतिबेला उनले रोइकराइ गरे, मिडियामा कसैलाई नभन्न भन्दै हारगुहार गरे, आइन्दा दुव्र्यसन नगर्ने भनेपछि हामीले छाडेका थियौँ तर उनी फेरि पक्राउ परे ।’
स्रोतका अनुसार शुक्रबार दिउँसो साढे २ बजे आºना सहयोगीलाई पैसा दिएर उनले बत्तीसपुतलीस्थित द्वारिका होटलअगाडि खैरो हेरोइन किन्न पठाएका थिए । आफूचाहिँ सेतोपुलमै बसेका थिए । प्रहरीले उनका सहयोगी र बिक्री गर्ने युवालाई समेत रंगेहात पक्राउ गर्‍यो । उनीहरूकै बयानका आधारमा पोखरेललाई दिउँसो ३ बजे पक्राउ गरिएको हो ।
स्रोतले भन्यो, ‘लागुऔषध कारोबार हँुदै छ भन्ने हामीले थाहा पयौँ र बत्तीसपुतलीस्थित द्वारिका होटलअगाडि गएर बस्यौँ, नभन्दै शंकास्पद केही युवा होटलअगाडि देखा परे, हामीले उनीहरूलाई नियन्त्रणमा लियौँ । सोधपुछका क्रममा उनीहरूले पोखरेलले लिन पठाएको भने, त्यही आधारमा हामीले उनलाई पक्राउ गर्‍यौँ ।’
पक्राउ परेका सबैलाई ब्युरोको हिरासतमा राखिएको छ । ब्युरो स्रोतका अनुसार उनीहरूलाई पुन:स्थापना केन्द्र पठाउने या परिवारको जिम्मा छाड्ने हो टुंगो लागेको छैन । स्रोतले भन्यो, ‘यिनीहरूलाई पहिला पनि सख्त चेतावनी दिँदै छाडिएको हो तर अब यिनीहरूलाई पुन:स्थापना केन्द्र पठाइन्छ होला ।’
पोखरेल नेपाली युवामाझ लोकप्रिय गायक हुन् । पछिल्लोपटक संगीतकारको छविसमेत बनाएका पोखरेलका ‘मेरो सन्सार’, ‘फेरि त्यो दिन सम्झन चाहन्नँ’ ‘मेरो एउटा साथी छ’, ‘मायाको बाटो’, तिमी मभन्दा कोसाँै टाढा छौ’लगायत दर्जनौँ गीत चिर्चित छन् । उनले धन्दा, के यो माया होलगायत नेपाली चलचित्रमा संगीत भर्नुका साथै गीतसमेत गएका छन् । लामो समयदेखि सगरमाथा एफएममा कार्यक्रम सञ्चालन गर्दै आएका पोखरेल नेपाली पप–संगीत क्षेत्रमा सेलिब्रेटीका रूपमा स्थापित छन् ।

प्रतिक्रिया