बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

जनकपुरधाम । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनकपुरधाममा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । सप्ताहव्यापी विवाहोत्सवको क्रममा जानकी मन्दिरमा भएको फोहोरलाई सरसफाइ गर्ने उद्देश्यले नेपाल प्रहरी श्रीमती संघ मधेस प्रदेशको आयोजनामा जानकी मन्दिरमा मंगलबार बृहत् सरसफाइ गरिएको हो । कार्यक्रममा साढे चार सयभन्दा प्रहरी कर्मचारीहरूको सहभागितामा दमकलको प्रयोग गरेर जानकी मन्दिरको प्रांगण र विवाह मण्डपको सरसफाइ गरिएको धनुषा प्रहरीका प्रवक्ता रञ्जन आवाले जानकारी दिए । सरसफाइ कार्यक्रममा मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक जनक भट्टराई, मधेस प्रदेश प्रहरी गणका प्रहरी उपरीक्षक हरिनाथ योगी, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्की, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया