४०१ बोरा अवैध प्याजसहित सात वटा गाडी प्रहरीको नियन्त्रणमा

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले अवैध प्याजसहित ७ वटा गाडी नियन्त्रणमा लिएको छ ।

आइतबार अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङको क्रममा जिल्ला काभ्रेको धुलिखेल नगरपालिका– ९ काभ्रेभञ्ज्याङ चेकपोष्ट अगाडि १२ बजेदेखि संयुक्त चेकिङ गर्ने क्रममा पूर्वबाट आएका सवारी साधनहरु चेकजाँच गर्ने क्रममा पुरानो बिलसहित अवैधरुपमा ल्याइएको चारवटा टाटा योद्धा गाडी र तीन वटा बलेरो गाडीमा ४०१ थान बोरा (प्रति बोरा ४० किलो को दरले जम्मा १६,०४० किलो) प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीले आवश्यक कारवाहीको लागि गाडीसहित राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरील जनाएको छ । हाल बजार मूल्य अनुसार प्याज प्रतिकिलो १७० रहेको छ । उक्त हिसाबले २७ लाख २६ हजार आठ सय रुपैयाँ बराबरको हुन आउने प्रहरीको भनाइ छ ।

प्रहरीले नियन्त्रणमा लिएको ना ५ च २३६१ नम्बरको बोलेरो गाडीमा प्रतिबोरा ४० किलोग्रामको ६० बोरा, म प्र ०२–००१ च १०९० नम्बरको बोलेरो गाडीमा प्रति बोरा ४० किलोग्रामको ५५ बोरा, ज १ च १६६७ नम्बरको बोलेरो गाडीमा प्रतिबोरा ४० किलोग्रामको ६० बोरा, प्र १–०१–००१ च ८५५९ नम्बरको योद्धा गाडीमा प्रतिबोरा ४० किलोग्रामको ६२ बोरा, प्र २–०४–००१ च २५२३ नम्बरको योद्धा गाडीमा प्रतिबोरा ४० किलोग्रामको ५० बोरा, प्र २–०४–००१ च ००३८ नम्बरको योद्धा गाडीमा प्रतिबोरा ४० किलोग्रामको ५७ बोरा, प्र २–०४–००१ च ००८९ नम्बरको योद्धा गाडीमा प्रतिबोरा ४० किलोग्रामको ५७ बोरा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया