जनकपुरधाम । मधेसमा जनसांख्यिक चापको प्रभावबारे बहस हुने भएको छ । आउँदो शुक्रबार नर्थ साउथ कलेक्टिव्स जनकपुरधामको प्रांगणमा दिउँसो १ बजेबाट बहस हुन लागेको हो ।
‘मधेस विर्मश शृंखला’ अन्तर्गत नर्थ साउथ कलेक्टिव्सको आयोजनामा प्रत्येक महिना विभिन्न मुद्दामाथि बहस हुँदै आएको छ । सोही मधेस विमर्श शृंखलालाई निरन्तरता दिँदै ‘मधेसमा जनसांख्यिक चापको प्रभाव’ विषयमा बहस हुन लागेको आयोजक संस्थाका प्रमुख राकेश मिश्रले जानकारी दिए । उनका अनुसार कार्यक्रममा राजनीतिक विश्लेषक तथा लेखक सिके लाल मुख्य वक्ता रहेका छन् ।
यस्तै, विमर्शमा शोधकर्ता तथा सामाजिक अभियन्ता इन्दु थारू र पत्रकार जनकराज सापकोटाले आफ्ना विचार र अध्ययन÷अनुभव सुनाउने प्रमुख मिश्रले जानकारी दिए । मधेसमा गौण रहेको विषयहरूमाथि प्रकाश पारी मूलधारको बहसमा ल्याउन यसप्रकारको कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक मनोज साहले बताए ।
‘मुख्यतः हाम्रो उद्देश्य ज्ञान उत्पादन र क्षमता अभिवृद्धि गर्नु हो’, उनले भने, ‘त्योसँगसँगै यस प्रकारको कार्यक्रममार्फत गौण रहेको महत्तवपूर्ण मुद्दाहरू पनि बाहिर ल्याउने प्रयास गरेका छौँ ।’
प्रतिक्रिया