लैंगिक हिंसाविरुद्धको अभियानमा वक्तृत्वकला प्रतियोगिता

काभ्रे । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । काभ्रेको रोशी गाउँपालिकाको आयोजना तथा माइती नेपालको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो । ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालवालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने नाराका साथ अन्तर माध्यामिक स्तरीय वक्तिृत्वकला प्रतियोगता सम्पन्न भएको छ ।

आइतबार गाउँपालिकाभरको मध्यामिक विद्यालयहरूको सहभागितामा वक्तृत्वकला प्रतियोगिता भएको थियो । गाउँपालिका भरी १८ वटा माध्यामिक विद्यालय रहेकोमा १३ वटा विद्यालय सहभागी भएको थियो । सो प्रतियोगितामा विन्दावासिनी माध्यामिक विद्यालयकी वविता विक प्रथम भएकी छन् ।

प्रतियोगितामा १५० पूणांक रहेकोमा विकले १०१ दशमलव ५ नम्बर ल्याएर प्रथम भएकी हुन् । त्यसरी नै चेतना माध्यामिक विद्यालयकी छात्रा डोल्मा लामा द्वितीय र हरिशिद्धि माध्यामिक विद्यालयकी छात्रा मनिता तामाङ तेस्रो भएका छन् । लामाले ९४ दशमलव ५ र तामाङले ९१ दशमलव ५ अंक प्राप्त गरेकी थिइन् ।

प्रथम, द्वितीय र तृतीयले क्रमश ५ हजार, १० हजार र १५ हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् । वक्तृत्वकला प्रतियागिताको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिनेश लामाले समाजमा कुनै पनि सन्देश पुर्याउनु छ भने विद्यालयका छात्र–छात्राहरूमार्फत गएमा छिटो र सकारात्मक सन्देश पुग्ने बताए ।

‘समाजमा कुनै पनि सूचना फैलाउनु छ भने विद्यालयका छात्ररछात्राहरू मार्फत गयो भने छिटै र सकारात्मक सन्देश फैलनेछ’, गाउँपालिका अध्यक्ष लामाले भने, ‘लैंगिक हिंसा बिरुद्धको अभियानमा समाज रुपान्तरणका लागि हामीले विद्यालयका छात्र–छात्राहरूमार्फत जाने अभ्यास गरेका हौँ, त्यसैले यो प्रतियोगिताले सकारात्मक सन्देश जान्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’

विद्यार्थीहरूलाई पाठ्यक्रम भन्दा बाहिरको शिक्षा तथा ज्ञान पनि अपरिहार्य भएकाले यो प्रतियोगिताको आयोजना गरेको लामाले बताए । हिजोको अवस्थाबाट आजसम्म आइपुग्दा समाजमा विस्तारै समाजमा चेतनाको विकास हुँदै गएको उनको भनाई छ । त्यसकै फलस्वरुप प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय छात्राहरू भएको अध्यक्ष लामाले बताए ।

वत्तृत्वकला प्रतियोगितामा सहभागी छात्र–छात्राहरूको वक्तृत्वकला देख्दा नेपाल सरकारले रोजेको नारालाई साकार पारेको गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबाले बताए । देश विकासका लागि समाजमा नकारात्मक सन्देशहरूलाई निरुत्साहित गर्दै सकारात्मक सन्देशलाई फैलाउँदै जानुपर्ने उनले बताए ।

सामुदायिक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष गुणराज मुक्तानले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा रोशी गाउँपालिकाले वक्तृत्वकला प्रतियोगिता राखेर राम्रो सन्देश दिएको बताए ।

सामुदायिक विद्यालयको गुणस्तर वृद्धिको लागि स्थानीय सरकारले विद्यालयमा यस्ता कार्यक्रमको आयोजना आगामी दिनमा पनि गर्दै जानुपर्ने उनको भनाई छ । रोशी माध्यामिक विद्यालयको प्रांगणमा भएको सो कार्यक्रममा रोशी गाउँपालिका– ११ का वडाध्यक्ष लालकुमार पाख्रिनलगायत विभन्न विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरूको सहभागीता रहेकाको थियो ।

प्रतिक्रिया