वीरगंज ? अपांग भएकै कारण न स्थानीय तहले सहयोग गर्छ न केन्द्रिय सरकारले नै सहयोग गर्यो भन्दै एक अपांगले दुखेसो पोखेका छन् । कतैबाट सहयोग नपाएपछि चिन्तामा परेका छन् सर्लाही जिल्ला गोडैता नगरपालिका–८ निवासी राजेश मिश्र । उनले सौर्य दैनिकसँग स्थानीय तह तथा केन्द्रिय सरकारले केही नगरेकाले उनीहरुको नियत ठिक नभएको भन्दै गुनासो पोखेका छन् । उनी अपांगता जीवनको सरल स्थितिसँग जुधी रहेको छन् । मस्कुलर डिस्थ्रोपी रोगबाट बाल्य कालमा सुरूवाती लक्षण देखा परेदेखि अनेकौ शारीरिक र मानसिक पीड़ा सहन गरेर जीवनको पाइलामा अगाड़ी बढीरहदाँ अनेकौ अवरोधहरु पनि सामना गरेको उनले बताए ।
पारिवारिक र सामाजिक वातावरण झन पीड़ा दायक भएकाले उनीसँगै एक बहिनी र एक भाइलाई पनि मस्कुलर डिस्थ्रोपीले अपांगता बनाएको उनले बताए । घरको जेठो छोरो भएकोले पनि उनले आफ्नो जिम्मेवारी र दायित्वलाई समझेर २०६३ सालमा एसएलसी परीक्षा सकाएर बाकी शिक्षाको अवस्था घरबाट अपूग हुने भएकोले २०६३ साल जेष्ठ २३ देखि सानो किराना पसल चलाए ।
सानो पूँजीबाट सुरूवात गरेको व्यवसाय चाहिदो आम्दानी दिन नसक्ने भएपछी उनले आफ्ना कयौं इच्छा र आकांक्षालाई थाती राखेर कम खर्च आम्दानी सरह मूल नारासंगै आफ्नो जिंदगीलाई जोड़े । पछी नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता दिने भए पछी उनको जीबिको पार्जन केही हदसम्म सहज हुन थाल्यो । सामाजिक सुरक्षा भात्ताले लक्षित वर्गको जीवन जीबिका उत्थान गर्न थाल्यो । बेला बेला नयाँ ऐन नियम नीतिसंगै नवीकरण गर्ने प्रत्येक वर्ष नवीकरण गर्न गराए ।
उनको जीवन समान्य रुपमा चल्दै थियो । २०८० साल भदौ महिनामा उनको नवीकरण गर्न ढीलो भयो । व्यक्ति गत समस्याका कारण उनको नवीकरण गर्न छुट्यो । उनलाई नविकरण नगरेका कारण भोग्नु पर्ने समस्या थाहा थिएन । नियमित खातामा आउनु पर्ने पैसा किन आएन भनेर बुझ्दा पो थाहा पाए, ‘नवीकरण नै गराएको छैनौं कसरी पैसा आउछ त’ भनेरे सम्बन्धित निकायले उनलाई जवाफ दियो ।
नविकरण नगराएका कारण पैसो रोकिएको थाहा पाएपछि उनले मंसिरमा नवीकरण गराए । तर नेपाल सरकारका संम्बधित मन्त्रालयले बाँकी पाँच महिनाको पैसा उनलाई दिएन । लागत कट्टा भएको जवाफ पाए उनले । उनले सरकारसँग माग गरेका छन्, ‘अपांग भएकालाई आउने जानको लागि उचित ब्यवस्थापन होस् । सरकरले समयमै अपांगको भत्ता उपलब्ध गराइ दियोस् ।’ उनले आफूसँगै भाइ बहिनी पनि अपांग भएको कारण परिवारले सबैबाट हेला खेप्नु परेको गुनासो गरे । उनले भने, ‘सरकारले यस्तै रवैया राख्यो भने हामी तीन जना भाइ बहिनीहरु मर्ने स्थितिमा आउने छौ यसको जिम्मेवार नेपाल सरकार र स्थानीय सरकार हुने छन् ।’ उनले चुनौति दिँदै आफ्ना समस्या सुनाए ।
नेपालको संविधान २०७४ अनुसार राज्यले निर्माण गरेको अपंगता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ लागु गर्नु पर्ने र सामाजिक सुरक्षा भत्ता लागत कटा गरेको प्रति लक्षित वर्गको अवस्था दैनीय पीड़ादायिक भएको ठहर छ । उसो त अपांगको नाममा खोलिएको कयौं संस्था नभएका पनि होइन, ती सबै पहँुच हुनेसम्म पुग्ने गरेको छ ।
त्यस्तै, उनको भाई र बहिनी लगायत तीन जना अपांग भएको परिवारमा अहिलेसम्म नगरपालिका तथा वडाबाट कुनै सेवा सुविधा नपाएको र व्हीलचेयरको लागि गुहार गर्दा पनि वडा अध्यक्ष लागायत मेयर मौन रहेको उनले गुनासो गरे । अपांगको लागि ठूलो ठूलो कुरा गर्ने तर एउटा अपांगको लागि चाहिने आधारभुत सेवा समेत पुरा गर्न नसक्ने नेताहरुले अरु के नै गर्लान् उनले प्रश्न गरे । उनले भने, ‘वास्तविक अपंगता दिवस तब हुन्छ जब अपांगले आफ्नो अधिकार दयाको भिकले होइन, नागरिकको हकले पाउछ ।’
त्यस्तै उनले केन्द्रिय सरकारको नियममा पनि सवाल उठाएका छन् । नवीकरण नगरेकै भरमा भत्ता काट्नु उचित नभएको उनको जिकीर छ । उनका अनुसार मान्छे मरेको छैन जीबितै छ तर पनि भत्ता काटिनु उचित देखिदैन । सामाजिक सुरक्षा भत्ता काटिएको प्रति गहीरो दुःख व्यक्त गरेका छन ।
नेपालको संविधानले दिएका हक अधिकार एनले पनि अपांगता भएका व्यक्तिले सेवा सुविधा पाएका छैनन । अहिलेको लोकतान्त्रिक व्यवस्थामा पनि अपांगता भएका व्यक्ति समुचित अधिकारबाट बन्चित रहेको उनको अनुभव छ । सामान्य अपांगता भन्नाले हात खुट्टा वा शरीरका कुनै पनि अंग सामान्य भन्दा केही असाधरण हुनुको स्थितिलाई बुझाउँछ । त्यस्तो असाधारण स्थिती भएका व्यक्तिलाई अपांगता भएका व्यक्तिको रुपमा वर्गीकरण गरिए पनी नवजागरण तथा सामाजिक न्यायमा बहस हुने यस समयमा उनीहरुलाई अलग्गै क्षमता भएको व्यक्तिको रुपमा लिइन्छ । नेपाल सरकारले अपांगता भएका व्यक्तिहरुलाइ आर्थिक सहयोग स्वरुप चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिने गरेको छ जस्ले गर्दा अपांगता भएका व्यक्ति आर्थिक सहयोग हुनुका साथै दैनिकी चलाउन पनि केहि हदसम्म सहज भएको अनुमान गर्न सकिन्छ । तर, त्यो कहाँ सम्म पुगेको छ भनेर अनुगमन भने गरिनु पर्छ ।
गएको डिसेंम्बर तीन तारीखमा अन्तर्राष्ट्रिय अपंगता दिवस सबै तिर मनाइयो । नेपालमा पनि एक दिनको लागि सहानभूति देखाएर अपंगता दिवस मनाउने गरिनछ । त्यसमा सरकारी निकाय देखि सामाजिक संघ सस्थाको तछाड मछाड हुन्छ । व्यवहार भन्दा देखाउनका लागि अपंगता भएका व्यक्तिको बारे ठुला ठुला कुरा बोली फोटो सूट गर्नलाई मात्र गर्ने गरेका छन् ।
सामाजिक सुरक्षा भत्ता कुनै कर्मचारी या कामदारको श्रमिक तलब त होइन, जो काम नगरे कट्टा गर्दिने गरेका छन् । यो सेवा मूलक व्यवस्था हो । यसले लक्षित वर्गको जीवन सहज र सुलभ बनाउने प्रयासमा योगदान दिन्छ र यस्तो भएको व्यक्तिको पैसा अनेको बहानामा कट्टा गर्ने प्रबृतिले लक्षित वर्ग माथीको दमन र दण्डनिय निति हुनेछ । लोकतान्त्रिक व्यबस्था माथी प्रहार हुने छ त्यसर्थ सम्बन्धित निकाय र मन्त्रालयले पुर्ण विचार गर्नु जरूरी छ ।
प्रतिक्रिया