मधेस प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता रौतहटमा

मधेस । मधेस प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता रौतहटमा हुन गइरहेको छ । प्रधानमन्त्री कप टि—२० महिला क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेश टिमको खेलाडी छनोट गर्न प्रतियोगिता हुन लागेको हो । प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता भोलि (मंसिर २४ गते) आइतबारदेखि सुरु हुन गइरहेको छ ।

प्रतियोगिता मंसिर २८ गते बिहीबारसम्म चल्ने प्रतियोगिताका संयोजक गौतम श्रेष्ठले जानकारी दिए । उक्त प्रतियोगिताका सबै खेल रौतहट जिल्ला क्रिकेट संघको खेल मैदान गौर राइस मिलमा आयोजना हुने उनले बताए ।
उक्त प्रतियोगितामा रौतहट, सर्लाही, बारा, महोत्तरी, सिरहा र सप्तरी गरी ६ जिल्लाका महिला खेलाडी टिमको सहभागिता रहने जनाइएको छ ।

पर्सा र धनुषामा महिला टिम नभएको कारणले दुइ जिल्लाको सहभागिता हुन नसकेको संयोजक श्रेष्ठको भनाइ छ । आइतबार पहिलो खेल बिहान ९ बजेदेखि रौतहट र महोत्तरीको त्रिचमा हुने छ भने अन्य खेलहरु तालिकाबमोजिम हुनेछन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संयोजक श्रेष्ठले बताए । मधेस प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगित हुन लागेकोमा दर्शकहरुको उत्साहजनक सहभागिता रहने आयोजकले आँकलन गरेका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया