ठुलो परिमाणमा लागूऔषधसहित सिराहाबाट एक जना पक्राउ

सिराहा । सिरहामा ठुलो परिमाणमा लागूऔषध (खैरौ हिरोईन) सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा बरियारपट्टी गाउँपालिका १ बडहरी बस्ने अं. वर्ष ४६ को ग्रिसप्रसाद यादव रहेका छ्न् ।

जिल्लाको लहान नगरपालिका ८ मखन भोग होटलमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषाका प्रहरी सहायक निरिक्षक गोपाल खड्का र प्रहरी चौकी लहान सिराहाका प्रहरी सहायक निरिक्षक सुनिलकुमार यादवको कमाण्डमा खटिएको संयुक्त टोलीले सिराहा बरियारपट्टी गाउँपालिका १ बडहरी बस्ने ४६ वर्षीय ग्रिसप्रसाद यादवलाई पक्राउ गरेको हाे ।

होटलमा बसिरहेको अवस्थामा ग्रिसप्रसाद यादवमाथि शंका लागि चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको बायाँ पट्टीको खल्तीबाट प्लाष्टिकमा पोको पारी राखिएको प्लाष्टिक सहित ५१ ग्राम ९०० मिलिग्राम र प्लाष्टिक बाहेक ४९ ग्राम ९०० मिलिग्राम लागूऔषध खैरो हिरोईन फेला परेको हुँदा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

उनले प्रयोग गरेको स ७ प ५९७ नम्बरको मोटरसाईकलसहित यादब नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिराहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रबक्ता तथा सूचना अधिकारी रबिन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया