सर्लाही । सर्लाहीमा सोमबार घारे (जंगली माैरी) आतंकले विद्यालय नै बन्द गर्नुपरेको छ । हरिवन नगरपालिका २ अत्रौलीमा रहेको रामअवतार माविका ३५ जना भन्दा धेरै विद्यार्थीलाई घारेले टाेकेपछि विद्यालय नै बन्द गर्नुपरेको विद्यालयले जनाएको छ । विद्यालयका शिक्षक वसन्त घिसिङसँगै बिहान कोचिङ पढ्न भनि गएका विद्यार्थीलाई घारेले टाेकेको हो । स्थानीय अमरसिंह वाईबाका अनुसार विद्यालयमा कोचिङका लागी आएका विद्यार्थी र शिक्षकलाई घारेले टाेक्न थालेपछि भागाभागको अवस्था सिर्जना भएको थियो ।
विद्यालय नजिकै रहेको वरको रुखमा रहेको घारे बिच्केपछि विद्यार्थीहरुमा खनिएको र जसको कारण आतंकको अवस्था नै सिर्जना भएर विद्यालयको पठन पाठन नै प्रभावित भएको विद्यालयका प्रधानाध्यापक निरञ्जन कार्किले बताए । घारेले टाेकेपछि विद्यार्थी राघव श्रेष्ठसहितका केही विद्यार्थी बिरामी नै परेका छन ।
उनीहरुलाई नवलपुरस्थ्ति अस्पताल पुर्याएर उपचार नै गर्नुपरेको प्रधानाध्यापक कार्कीको भनाई छ । घारेको व्यवस्थापन गरि भोलीबाट विद्यालय नियमित सुचारु गरिने वडाध्यक्ष अर्जुनकुमार योञ्जनले जानकारी दिए ।
सर्लाही
प्रतिक्रिया