रुकुम पश्चिम । हिमाली जिल्ला डोल्पासहित अन्य जिल्लामा यो वर्ष पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात सुरु भएको हो । अग्लो ठाउँमा हिमपात भएको छ भने सदरमुकाम आसपासमा हिउँसँगै पानी परिरहेको छ । आइतबार मौसममा बदली भई रातिदेखि भारी हिमपात भएको हो ।
गत वर्ष ढिला हिमपात सुरु भए पनि यसपटक भने मंसिर तेस्रो सातामा हिमपात भएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । डोल्पाको उच्च भागमा रहेको डोल्पो बुद्ध गाउँपालिकाको धो लगायतका क्षेत्रमा हिमपात भएको हो ।
माथिल्लो डोल्पामा सिजनको पहिलो पटक हिमपात भएको डोल्पो बुद्ध गाउँपालिकाका उपाअध्यक्ष पेम्मा धोर्चे गुरुङले जानकारी दिए । उनका अनुसार धोर्चेसहित डोल्पाको विभिन्न भेगमासमेत हिमपात भइरहेको छ । हिमपात भएपछि डोल्पाबासीको जनजिवन प्रभावित बनेको उपाध्यक्ष गुरुङले जानकारी दिए ।
रुकुम पश्चिम
प्रतिक्रिया