राैतहट । राैतहटकाे गुजरा नगरपालिकामा ३२औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । अपांगता भएका व्यक्तिहरूकाे उपस्थितिमा ३२औं अन्तराष्ट्रिय अपांग दिवस २०८० मनाइएको हाे ।
‘दिगाे विकास लक्ष्य प्राप्तिकाे प्रतिबद्धता:अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ यसपालि अन्तर्राष्ट्रिय अपांग दिवस मनाइएको छ । गुजरा नगरपालिका नगर कार्यपालिकाे कार्यालय सिमराभवानीपुरकाे सहयोगमा आइतबार ३ सय जना अपांगलाई ब्ल्यांकेट वितरण गरेको छ ।
नगरपालिकाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नगरका ३ जना अपांगता भएका व्यक्तिलाई ब्ल्यांकेट वितरण गरिएको हो । क र ख वर्ग अपांगता परिचयपत्र प्राप्त गरेका व्यक्तिहरूलाई ब्लैंकेट वितरण गरिएको छ ।
अपांगता भएका व्यक्तिलाई सहयोग गर्नका लागि आफू हरक्षण तयार रहेको गुजरा नगरपालिकाकी उपप्रमुख रत्ना लामाले बताइन् । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका सवालहरुलाई विश्वव्यापी रुपमा उजागर गर्न सन् १९९२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा संसारभर हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउने गरिन्छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया