रौतहट । रौतहटको दुई पालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । आज एकै दिन जिल्लाको देवाही गोनाही नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन् भने यमुनामाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिइएको छ ।
देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सन्देश यादव हाजिर भएका हुन् । उनी यस अघिका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवको ठाउँमा आएका हुन् ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, वडाध्यक्षहरु र कार्यालयका कर्मचारीहरुको उपस्थितिमा यादवले कार्यालय प्रमुखको रुपमा हाजिर भएका छन् । कार्यालय प्रमुखको रुपमा नगर प्रमुख साहले यादवलाई स्वागत पनि गरेका छन् ।
यता उपप्रमुख परनिया देवी पटेलले भने आफूसँग सल्लाहै नगरी हाजिर भएको भन्दै असंतुष्टी जनाएकी थिइन् । कार्यालयमा हाजिर भएपछि जवाफदिने क्रममा यादवले आफूले नियमानुसार कामकाज गर्ने उपप्रमुख समक्ष प्रतिबद्धता समेत जनाएका थिए ।
उता जिल्लाको यमुनामाइ गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी फेरि रामश्रेष्ठ यादवलाई दिइएको छ । यस अघि उनले उक्त गाउँपालिकाको जिम्मेवारी सम्हालीसकेका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया