फतुवा बिजयपुरमा विवादकैबीच प्रमुख प्रशासकीय अधिकृत प्रधान हाजिर

राैतहट । रौतहटकाे फतुवा बिजयपुरमा द्वन्द्व हुनबाट जाेगिएकाे छ । विवादकैबीच फतुवा विजयपुर नगरपालिकाको कार्यालय प्रमुखकाे रूपमा आज प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान हाजिर भएका छन् । वडाध्यक्षहरु एक कदम पछाडि हटेपछी उपसचिव समेत रहेका प्रधान बुधबार कार्यालयमा हाजिर हुन सफल भएका छन् । वडाध्यक्षहरू पछाडि हट्दा द्वन्द्व हुनबाट जाेगिएकाे हाे । उनलाई कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले कार्यालयमा फुलमाला लगाई स्वागत गरेकी थिईन् ।

प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने विषयलाई लिएर साे नगरपालिकामा धेरै दिनदेखि विवाद थियाे । वडाध्यक्षहरूले कुनै पनि हालतमा प्रधानलाई प्रमुख प्रशासकीय अधिकृतकाे रूपमा स्वीकार नगर्ने अडान लिदै आएका थिए । विवादकै कारण उनले कार्यभार सम्हाल्न सकेका थिएनन् ।

यता आफूहरूसँग समन्वय नगरी कार्यालयमा हाजिर भएकाे भन्दै प्रधानलाई भने नगरपालिकामा सहज नहुने वडा ९ का वडाध्यक्ष राकेश यादवकाे भनाइ छ ।

उनले भने, ‘विवाद सल्टेकाे छैन् । विवाद अहिले पनि जारी छ । बस् हामीले त्यहाँ द्वन्द्व हुन दिएनाैं । दुर्घटना हुनबाट जाेगियाे ।’ वडाध्यक्षहरू सँग समन्वय नगरेसम्म नगरपालिका चलाउन गाह्रो हुने प्रतिक्रिया दिए ।

स्मरणीय हाेस् साे नगरपालिकामा अहिलेसम्म नगरसभा हुन नसकेको हाे । हाकिम हाजिर गराउने विषयमा नै अल्झिरहँदा असार १० गते हुनु पर्ने नगरसभा हुन नकेकाे हाे । नगरसभा हुन नसक्दा सामाजिक सुरक्षा भत्ता, बालपाेषण भत्ता, कर्मचारीहरूले दशैं तिहारमा पनि तलब भत्ता पाउन सकेका थिएनन् । सुविधाहरू पाउन नसकदा उनीहरूलाई निकै सास्ती खेप्नु परेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया