पर्साका ५६० बालबालिकालाई चाउचाउ, बिस्कुट र शैक्षिक सामाग्री वितरण

पर्सा । पर्साको ग्रामीण भेगका अति विपन्न, गरीब, मुस्लिम, सीमान्तकृत तथा दलित बालबालिकाको लागि शैक्षिक सामग्री तथा पौष्टिक आहार वितरण गरिएको छ । हेल्पिङ लाइभ्स लण्डनको आर्थिक सहयोग तथा इन्टरनेसनल युथ सोसाइटी काठमाडौंको समन्वय तथा पिसफर दलित फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहजीकरणमा सो सामाग्री वितरण गरिएको हो ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा ३ को कौवाबन गाउँको मुसहर बस्ति, कटैया गाउँका बालबालिका ५ महुवनको दलित प्राथमिक विद्यालय, बिरगंज महानगरपालिका वडा १९ बिन्दबासनी केहुनिया गाउँका गरि ५६० जना बालबालिकाको लागि शैक्षिक सामग्रीहरु तथा खानेकुरा वितरण गरिएको छ ।

अति विपन्न, मुस्लिम, दलित, सीमान्तकृत बालबालिकाको लागि शैक्षिक सामग्रीहरुमा ६ वटा कापी, २ वटा कलम, ३ वटा सिसाकलम , २ वटा कटर, २ ईलेजर तथा खानेकुरामा प्रति बालबालिका ४ वटा चाउचाउ र बिस्कुट वितरण गरिएको छ ।

लन्डनबाट आएका हेल्पिङ् लाइभस्, लन्डनको फाउन्डर पेसिडेन्ट तथा समाजसेवी जाबिद अखतरले पिसफर दलित फाउन्डेसन नेपालले गरेको कार्य तथा संस्थाको कार्य क्षेत्रहरूको अनुगमन, निरीक्षण गरे ।

इन्टरनेसनल युथ सोसाइटी नेपालको अध्यक्ष तथा समाजसेवी डा. पियारतन महर्जनले संस्थाको कार्यको मुल्यांकन गरि दलित समुदायको सामुदायिक रुपान्तरण, सामुदायिक सशक्तीकरण, विकास तथा बालबालिकाको सहयोग र कार्य गर्ने प्रतिबद्धता जनाइन् ।

लन्डनको हेल्पिङ लाइभ्सको फाउन्डर पेसिडेन्ट तथा बरिस्ठ समाजसेवी जबिद अखतरले पिसफर दलितस फाउन्डेसन नेपालको कार्य, कार्य क्षेत्रहरूको अनुगमन, मुल्यांकन तथा निरीक्षण गरि फाउन्डेसनको टिमको हौसला प्रदान गरि, कामको प्रसंशा गरे । साथै फाउन्डेसनसँग सहकार्य गरि दिगो विकास तथा सामुदायिकको जीवनमा मद्दत गर्न सहयोग गर्ने प्रतिबद्धता गरे ।

लन्डनको हेल्पिङ लाइभ्स फाउन्डर पेसिडेन्ट तथा समाजसेवी जाबीद अखतरको टिम र इन्टरनेसनल युथ सोसाइटी नेपाल, काठमाडौंको अध्यक्ष तथा समाजसेवी डा. पिया रतन महर्जनको टिम पर्सा जिल्लामा शैक्षिक सामग्री वितरण तथा परोपकारी कार्यक्रम (च्यारिटी कार्यक्रम) २ दुई दिने रहने कार्यक्रम रहेको छ ।

डा.पिया रत्न महर्जन काठमाडौ नेपालमा बस्ने सामाजिक, सामुदायिक विकास र मानवीय बरिस्ठ समाजसेवी हुन् । उनीसँग युवा विकास र अन्तर्राष्ट्रिय मामिलाहरूमा व्यापक अनुभव छ । उनी स्थानीय र विश्वव्यापी रूपमा परिचित छन् । उनले मेटा सेन्टर अनाथाश्रम विद्यालयको स्थापना गरेका छिन्, भने त्यहाँ बीस वर्ष सेवा गरिरहेका छन् । हाल उनी अन्तर्राष्ट्रिय युवा समाज, ट्र्याक नेपाल र इन्टरफेथ पिस फेडेरेसन नेपालको अध्यक्षको रुपमा कार्यरत छिन् ।

शैक्षिक सामाग्री, च्यारिटी कार्यक्रम, खानेकुरा वितरण तथा कार्य क्षेत्रको अनुगमन कार्यक्रम दलित अभिभावक संघको अध्यक्ष उर्मिला देवी मुसहरको अध्यक्षता, हेल्पिङ्ग लाइभ्स , लन्डनको फाउन्डर पेसिडेन्ट तथा समाजसेवी जाबीद अखतरको प्रमुख अतिथित्यतामा सम्पन्न भएइकाे हाे ।

विशिष्ट अतिथिमा समाजसेवी डा. पिया रतन महर्जन, अतिथि निना राई, अतिथि रिजना चौलागाईं, अतिथि दलित महिला सदस्य , दलित दबाब समुह अध्यक्ष चोटक राम, पिसफर दलित फाउन्डेसन नेपालकी कोषाध्यक्ष लिलावती देवी, सचिव दिपेन्द्र राम, सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान, सन्जोग राम, उदम देवी, श्रीकान्ती देवी, कार्यक्रम संयोजक अशोक राम, बिनोद राम, श्रावण साह तेलीलगायतको उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया