विदेशी सम्वत् विक्रम सम्वत्लाई विस्थापित गरेर राज्यले आफ्नै देशको मौलिक सम्वत् ‘नेपाल सम्वत्’ राजनीतिक रूपमा र, जनस्तरमै किन लागू नगर्ने ? भन्ने मूल प्रश्न हो । आखिरमा नेपालका खसआर्य र नेवार समुदायका हरेक मानिसको जन्म, मृत्यु, विवाह र अन्य संस्कारगत कुराहरू आदि (जीवनचक्र) चलाउनका लागि नेपाल सम्वत्का तिथि प्रयोग भइरहेकै छन् । विक्रम सम्वत् अनुसारका चाड पर्व त माघे संक्रान्ति र साउने सक्रान्तिबाहेक के नै छन् र ?
हो, अहिले जमाना बदलिएको छ । पञ्चायतकालसम्म हिन्दू बाहेकका नेपालका अन्य जातजाति, भाषाभाषी धर्म, संस्कार, संस्कृति मान्ने समुदाय वा जातजातिका अगुवाहरूले आप्mनो मौलिक चाडबाड, धर्म, संस्कार, संस्कृति, रीतिथिति, वेशभुषा, परम्परागत कानुन आदिका बारेमा कुरो गर्नै नपाइने स्थिति रहेको थियो । तर आज आएर राज्यले नै हाम्रो देशको जातीय विविधता, भाषिक विविधिता, धार्मिक विविधता, समावेशीता, सहअस्तित्व आदिलाई स्वीकार गरिसकेको छ । त्यति मात्रै नभएर देशको मूल कानुन, संंविधान, ऐन, कानुनका विभिन्न धारा, उपधारहरूमा व्याख्यासहित नेपालका विभिन्न जातजाति, भाषाभाषी, धर्म, लिंग, वर्ग, समूह आदिका बारेमा उल्लेख गरिएको छ । जुन कुरोलाई हामी सबैले राम्रै मान्नुपर्ने हुन्छ । राज्यले त्यसरी स्वीकार गरेको विभिन्न जातजाति, भाषाभाषी, धर्म, लिंग, वर्ग, समूह आदिमध्ये नेवार समुदाय प्रमुख समुदाय हो ।
हुनत धेरै मान्छेहरूलाई थाहा नहुन सक्छ कि, हाम्रो देश नेपाल ‘सम्वत्’हरूमा पनि धेरै नै धनी रहेको छ । मतलब नेपाल सम्वत्हरूमा पनि विविधता भएको देश हो । जस्तै हाम्रो देशमा कलिगत सम्वत्, किरात सम्वत् (यले दोङ), नेपाल सम्वत्, मानदेव संवत, मिथिला सम्वत्, मञ्जुश्री सम्वत्, लिच्छवी सम्वत्, विक्रम सम्वत्, शक सम्वत्, हिजरी सम्वत् आदि रहेका छन् । त्यस्तै गुरुङ, तामाङ, शेर्पा, घले, कार्मारोङ, न्विन्ह्वा, ह्रयोल्मो आदि हिमाली क्षेत्रका जातजातिको (ल्होसार) सम्वत्, थकालीको (ल्हो फेवा) सम्वत्, पनि प्रचलनमा छन् । विदेशीहरूकै भए पनि इस्वी सम्वत् आदिलाई हेर्दाखेरि नेपालमा डेढ दर्जनभन्दा बढी सम्वत् अस्तित्वमा रहेका छन् । भलै ती सबै सम्वत्हरू राज्यको दृष्टिमा नपर्नु, संरक्षण नहुनुका साथै मूलधारका भनिएका नेपाली मिडिया र मिडियामा कार्यरत पत्रकार, बुद्धिजीवी, खोजकर्ता, विश्लेषक, अनुसन्धानकर्ता, इतिहासकार, लेखक आदिको नजरमा नपर्नु वा उनीहरूले नलेखिदिनु, चर्चा परिचर्चा नगरी दिनु अर्कै कुरो हो । जुन कुरोलाई हामीले वास्तवमै दुःखद् मान्नुपर्ने हुन्छ ।
त्यसको एक ज्वलन्त उदाहरण हो ‘–नेपाल सम्वत् ।’ अभैm पनि नेपालका कतिपय अनुदारवादी धारका मिडियाहरू, ती मिडियामा कार्यरत पत्रकारहरू, बुद्धिजीवी, लेखक, खोजकर्ता, विश्लेषक, अनुसन्धानकर्ता, इतिहासकार आदिले नेपाल सम्वत्को चलनचल्तीलाई स्वीकार्नुको सट्टा नेपाल सम्वत् नै पो थिएन कि ? भनी अविश्वास गर्छन्, प्रश्न गर्छन् । अभैm पनि उनीहरूको आशंका छ कतै ‘नेपाल सम्वत्’ अस्तित्वमै थिएन कि ? त्यही भएर होला, केही लेखकहरू नेपाल सम्वत्बारे अभैm पनि नकारात्मक ढंगले टिप्पणी गर्छन ।
यो लेखमा गएको कात्तिक २८ गतेदेखि सुरु भएको ‘नेपाल सम्वत्’बारे छोटकरीमा केही लेख्ने प्रयास गरिएको छ । हो, गएको कात्तिक २८ गतेदेखि नेपाल सम्वत् ११४३ सकिएर ११४४ सुरु भयो । एक कथनअनुसार लिच्छवी शासन कालमा राजा राघवदेवको पालामा उनको दरबारका राज ज्योतिषी सिद्घिवन्तले कुनै विशेष साइतमा भचाकुसी र लँ खु तीर्थ (हालको टेकु दोभान) को वालुवा झिक्दा सुनमा परिणत हुने भनी राजा र राजदरबारका भारदारहरूलाई जानकारी गराएको थाहा पाएपछि भक्तपुरका तत्कालीन महाजन अर्थात् साहू शंखधर साख्वा (साखः !?) ले तत्कालीन दरवबारका कर्मचारीहरूभन्दा पहिलै भरियाहरू लगाएर उक्त ठाउंँको बालुवा उठाएर लगे भन्ने रहेको छ भने अर्को कथन चाहिँ राजदरबारले घटाएका भरियाहरूले वालुवा बिसाएर बसेको वेला साहू शंखधर साख्वा (साखः !?) ले सो बालुवा भरियाहरूसँग किनेर लगे । त्यसपछि उनी झनै धनी बने । हुन पनि के भनिन्छ भने राजज्योतिषी सिद्घिवन्तले दिएको समयअघि नै शंखरधरले लगेको वालुवा सुन भएको र, दरबारका मान्छेले खटाएको वालुवा चाहिँ सुन नभएर वालुवा नै भएकोले राजज्योतिषी सिद्घिवन्तले दवरबार नै छाड्नु परेको थियो । जे होस्, शंखधर साख्वा (साखः !?) ले लगेको उक्त बालुवा चाहिँं सुनमा परिणत भएपछि सौभाग्यवस र रातारात प्राप्त भएको सुन–धनलाई काठमाण्डौभरिका गरिबहरूलाई बाँडेर ऋणमुक्त गराएको अवसरमा ‘नेपाल सम्वत्’ चलाएका हुन् भन्ने मान्यता र विश्वास रहेको छ ।
मान्छेहरू आफू चर्चित हुन जे पनि गर्ने गर्छन् । तर ‘शंखधर साख्वा’ (साखः !?) ले आफू चर्चित हुन र आफ्नो नाममा नेपाल सम्वत्को सट्टा ‘शंखधर साख्वा’ राख्न किन मरिहत्ते गरेनन् ? किन देशकै नाममा सम्वत् चलाउन लगाए ? यसले अवश्य नैं उनको निस्वार्थीपना र महानताको झलक दिन्छ । उनको यो पक्षको हामीले खुलेरै प्रशंसा गर्नु पर्नेहुन्छ । हुन त यसरी नेपालबाटै नेपालीले नै चलाएको विभिन्न मौलिक सम्वत्हरू ब्रगेल्ती हुँदाहुदै पनि हामीले अझसम्म भारतको कुनै राज्यको तत्कालीन राजाको नाममा चलेको भारत, वैशालीका राजा विक्रमादित्यको नाममा चलेको विक्रम सम्वत्लाई नै हाम्रो सम्वत्को रूपमा चलाइरहेका छौँ, मानिरहेका छौँ । तर, अभैm पनि नेपालका केही राष्ट्रवादी लेखहरू विक्रम सम्वत् भारतको नभएर नेपालकै हो , भन्ने आशयको लेख लेखरिहेका छन् । तर विक्रम सम्वत्को बहस तीतो वा मीठो जे भए तापनि यथार्थ त यर्थाथ हो । यसरी हेर्दा पूर्ण लोकतन्त्र मात्रै होइन, गणतन्त्र नै आइसको नेपालमा राज्यले अभैm पनि ‘नेपाल सम्वत्’लाई राजनीतिक रुपमा प्रचलनमा ल्याउन पहल नगरेको ? हुन त २०६५ साल कात्तिकमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘नेपाल सम्वत्’ (११२९ को सुरुवातको अवसरमा) नेपाल सरकारले राज्यस्तरबाटै मान्यता दिएर प्रधानमन्त्रीको कार्यलयबाट हुने हरेक पत्रचारहरूमा ‘नेपाल सम्वत्’ उल्लेख गरिने निर्णय भएको थियो । यस वर्ष पनि सो कुरो (नेपाल सम्वत्लाई व्यववहारमै उतार्ने) व्यवहारमै लागू गर्ने भनी सरकारकारका प्रमुख रहेका उनै ‘प्रचण्ड’ अर्थात् पुष्पकमल दाहालले बताएका छन् । संयोग कस्तो भने दुवै पटक देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री ‘प्रचण्ड’ अर्थात् पुष्पकमल दाहाल रहेका छन् ।
हुन त नेपालको आधिकारिक पञ्चांग निरन्तर रूपमा नेपाल सम्वत्कै तिथिअनुसार निर्माण गरिँदै आएको देखिन्छ । माघे संक्रान्ती र साउने सक्रान्तीबाहेक नेपालका खसआर्य र नेवार समुदायका सबै चाडपर्व तथा धार्मिक संस्कारहरू नेपाल संवतकै तिथिअनुसार चल्दै आएका छन् । त्यसो त केही दैनिक पत्रिका बाहेक अधिकांश दैनिक र केही साप्ताहिक पत्रपत्रिकारुले आआफ्नो पत्रिकामा विक्रम सम्वत्, ईस्वी सम्वत्सँगै नेपाल सम्वत्लाई पनि उल्लेख गर्ने गरेका छन् ।
हाललाई नेपालका अरू सम्वत्हरूका बारेमा कुरै नगरौँ । तर अझै पनि मेरो व्यक्तिगत जोड के मा छ भने, नेपालकै मौलिक संवत नेपाल सम्वत् जनस्तरमा सदियौँदेखि व्यापक प्रचलनमा छ । यसलाई सरकारले राजनीतिक रुपमा किन प्रयोगमा नल्याउने ? तर अझै पनि विदेशी संवत अर्थात् भारत वैशालीका तत्कालीन राजा विक्रमादित्यको नाममा प्रचलित र, पछि मात्रै (श्री ३ महाराज चन्द्र शमशेरको पालामा नेपाल संवतलाई राजनीतिक रूपमा हटाएर विक्रम सम्वत् सुरु गरिएको हो) नेपालमा आयातित विक्रम सम्वत्लाई नै किन स्थापित गराइरहने ? भन्ने प्रश्न पनि महत्वपूर्ण हो कि ? भन्ने लाग्छ । त्यसमाथि नेपालमा कुनै पनि मौलिक नेपाली सम्वत् नभएको भए प्रश्न उठाउने कुरो थिएन । फेरि नेपालकै सम्वत्लाई राजनीतिक रुपमा स्थापित गरेर राज्य स्तरमा लागू गर्ने हो भने केवल नेवार समुदाय मात्रै होइन हामी सम्पूर्ण नेपालीहरूमा गौरवानुभूत गराउने थियो । किनभने नेपाल सम्वत् केवल नेवार समुदायको मात्रै सम्वत् हो भन्ने केहीको बुझाई रहेको पाइन्छ । त्यसैले विदेशी सम्वत् विक्रम सम्वत्लाई विस्थापित गरेर राज्यले आफ्नै देशको मौलिक सम्वत् ‘नेपाल सम्वत्’ राजनीतिक रुपमा र, जनस्तरमै किन लागू नगर्ने ? भन्ने मूल प्रश्न हो । आखिरमा नेपालका खसआर्य र नेवार समुदायका हरेक मानिसको जन्म, मृत्यु, विवाह र अन्य संस्कारगत कुराहरू आदि (जीवनचक्र) चलाउनका लागि नेपाल सम्वत्का तिथि प्रयोग भइरहेकै छन् । विक्रम सम्वत् अनुसारका चाडपर्व त माघे संक्रान्ति र साउने संक्रान्तिबाहेक के नै छन् र ?
प्रतिक्रिया