पर्सा । जिल्लाको धोबिनी गाउँपालिकामा सरुवा भई आका नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह हाजिर भई आजबाट कार्यभार सम्हालेका छन् । आज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानसहित उपाध्यक्ष मञ्जुदेवी कुर्मी, नेपाली कांग्रेस क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि श्यामकिशोर पटेल, वडाध्यक्ष बन्धु साह, राजकिसोर पटेल, अबास मियाँ, मनाउर मियाँ, शिक्षा प्रमुख बृजकिशोर त्रिपाठी, वडा सदस्य मदन सहनी, कमल ठाकुर, जितेन्द्र कुर्मी र गाउँपालिकाका कर्मचारीहरुले अधिकृत साहलाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
सो अवसरमा अधिकृत साहले बोल्दै आफू जनता हरुको कामलाई छिटो र छरितो सेवा पुर्याउने प्रतिबद्धता व्यक्र गरे । जनताहरुको कामकाजको साथै विकास निर्माणलगायतको कामहरु अगाडि बढाउने भन्दै उनले जनप्रतिधि र कर्मचारीको समन्वयमा अगाडि बढ्ने बताए ।
उनले भने, ‘तपाईहरुले आज जसरी स्वागत गर्नुभएको छ, त्यसरी नै तपाइँहरुको सहयोग र समन्वयको जरुरी छ ।’ परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारीलगायतको उपस्थिती रहेको थियो । साह यसभन्दा अगाडि ईलाका प्रसाशन कार्यालय सिम्रौनगढमा थिए ।
पर्सा
प्रतिक्रिया