पूर्वराष्ट्रपति भण्डारीद्वारा लिंग भैरवी मन्दिरमा पूजा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौंको बसुन्धारास्थित लिंग भैरवीको मन्दिरमा पुगेर पूजाआजा गरेकी छन् । नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिंग भैरवीमा आज दिउँसो पूजा आराधना गरेकी हुन् ।

उक्त मन्दिरमा अहिले नवरात्रको समयमा दैनिक एक हजारको संख्यामा भक्तजनले पूजापाठ गर्नुका साथै आरती, अभिषेक गरिहेको मन्दिरका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरमा नवरात्रको समयमा बिहान ७ बजे, दिउँसो १२ बजे र राति ७ बजे आरती तथा अभिशेक कार्यक्रम गरिँदै आएको छ ।

अहिले नवरात्रको समयमा पनि चीन, भियतनाम, रुस, भारत, मंगोलिया, कम्बोडियालगायतका देशबाट पनि भक्तजनहरु दर्शन तथा पूजाआजाका लागि आउने गरेको मन्दिरका पुजारी स्वामी बज्र बालाले बताए ।

प्रतिक्रिया